सरकारको कदमले सबै क्षेत्रमा सकारात्मक उपलब्धि देखिन थाल्यो, विकास निर्माणले गतिलिन थाल्याे: राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका कदमकै कारण सबै क्षेत्रमा सकारात्मक उपलब्धि देखिन थालेको बताउनुभएकाे छ ।
शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले वर्तमान आर्थिक परिसुचक सकारात्मक हुन थालेको बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘अर्थतन्त्र सकारात्मक लयमा फर्किन थालेको छ । बैंक ब्याजदरमा सुधार, विदेशी मुद्रा सञ्चितमा सुधार आएको छ । विकास निर्माणले गतिलिन थालेको छ ।’
What's Your Reaction?






