अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु

May 30, 2023 - 08:52
 0
अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु
अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु

भियना । अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।राजधानी भिएनाबाट १४ किलोमिटर  टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो । 

लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्र्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए । यो घटना स्थानीय समयअनुसार आज बिहान एक बजेको हो ।

घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्नेबारेमा केही उल्लेख गरेका छैनन् । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1