काबुल: शिया जिल्लामा बम विस्फोट, दुई जनाको मृत्यु र पाँच घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ

काबुलको शिया जिल्लामा बुधबार भएको शक्तिशाली बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । मिनी बसमा विष्फोट भएको बताइएको छ ।

Nov 18, 2021 - 06:11
 0
काबुल: शिया जिल्लामा बम विस्फोट, दुई जनाको मृत्यु र पाँच घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ

काबुलको शिया जिल्लामा बुधबार शक्तिशाली बम विस्फोट भएको छ । यसमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको बताइएको छ । इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । अधिकारीहरूले यो जानकारी दिए। एक तालिवान अधिकारीले एएफपी समाचार एजेन्सीलाई विस्फोट ठूलो भएको बताए। यस विष्फोटबाट एउटा गाडी पूर्णरुपमा ध्वस्त भएको छ ।

मिनी बसमा विष्फोट
उनले भने, ‘प्रारम्भिक जानकारीले मिनीबसमा विष्फोट भएको देखाएको छ । हामीले अनुसन्धान थालेका छौँ । विस्फोट भएको क्षेत्रमा अफगानिस्तानको अल्पसंख्यक हजारा समुदायको बसोबास रहेको छ । घटनास्थलमा एम्बुलेन्स टोलीसँगै उपस्थित कार्यकर्ताले बसमा बम राखेर विष्फोट भएको हुन सक्ने बताए ।

गत साता भएको विस्फोटमा एक पत्रकारको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । इस्लामिक स्टेट समूहले पनि यस हमलाको जिम्मेवारी लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register