भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दाबी

इस्लामबाद ।  भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन । दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।  जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दाबी गरिएको छ ।  जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ। पाकिस्तानले हालसम्म कुल ७७ भारतीय […]

May 10, 2025 - 02:24
 0
भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दाबी

इस्लामबाद । 

भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन । दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।

 जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दाबी गरिएको छ ।

 जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ। पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खसालेको सरकारी मिडिया पीटीभीले जनाएको हो ।

 ‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहीबार राति  थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ ।

 उसका अनुसार पाकिस्तानले भारतीय आक्रामणको ‘उचित जवाफ’ दिइरहेको दाबी पनि गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register