टी-२० महिला सिरिज : नेपालले मलेसियालाई ७ विकेटले हरायाे

May 30, 2023 - 08:45
 0
टी-२० महिला सिरिज : नेपालले मलेसियालाई ७ विकेटले हरायाे
टी-२० महिला सिरिज : नेपालले मलेसियालाई ७ विकेटले हरायाे

काठमाडौं । मलेसिया विरुद्धकाे टी-२० अन्तर्राष्ट्रिय महिला सिरिजकाे दाेस्राे खेलमा नेपाल विजयी भएकाे छ ।मलेसियाको बांगीमा मंगलबार भएको खेलमा नेपाली राष्ट्रिय महिला टाेलीले मलेसियालाई ७ विकेटले पराजित गरेकाेब हाे । आजकाे जितसँगै नेपालले ५ खेलकाे २० टी-सिरिजमा १-१ काे बराबरी गरेकाे छ ।

मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले नटआउट २९, कविता कुँवरले २६, सीता रानामगरले २३ र विन्दु रावलले १७ रन बनाइन् ।

बलिङतर्फ मलेसियाकी आइसा एलिसा, निक नुर अतेइला र विनिफ्रेड एनी डुराइसिंगमले समान १-१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ राेजेकाे घरेलु टाेली मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । मलेसियाका लागि कप्तान मास एलिसाले २८, विनिफ्रेड एनी डुराइसिंगम र वान जुलियाले समान २-२० तथा एइना हमिजाह हसिमले १४ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कप्तान रुविना क्षेत्रीले २ तथा कविता कुँवर र इन्दु वर्माले समान १-१ विकेट लिए ।यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले मलेसियासँग पराजित भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1