नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

May 29, 2023 - 05:40
 0
नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत
नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), स्वरोजगार लघुवित्त वित्तीय संस्था र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

एचआइडीसीएलको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत  बोनस सेयर वितरण गरेको थियो । स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस सेयर बराबरको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर सूचीकृत भएको हो । 

त्यस्तै, प्रभु इन्सुरेन्सको ८ लाख ६४ हजार १०६.७६ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.