प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गरे : भीम रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गरेको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग गरेको वार्ता अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास विपरित भएको उनको भनाइ छ।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रम प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ। प्रम प्रचण्ड समकक्षी प्रमसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसंग ? अफसोस, देशको झुकेको शीर।’
What's Your Reaction?






