शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

Jun 7, 2023 - 03:21
 0
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रङ्गशालामा दुई वटा खेल हुदैँछन् ।  

जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

रंगशालमा दोस्रो खेल भने साँझ ६ः०० बजेबाट सुरु हुनेछ । जुन खेलमा सङ्कटा र फ्रेन्डस क्लब आमुने सामुने रहनेछ ।  

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1