कोसी प्रदेशमा बाढीले पुर्‍याएको क्षति प्रति एमालेद्वारा दुःख व्यक्त, उद्धारमा खट्न कार्यकर्तालाई निर्देशन

Jun 19, 2023 - 02:13
 0
कोसी प्रदेशमा बाढीले पुर्‍याएको क्षति प्रति एमालेद्वारा दुःख व्यक्त, उद्धारमा खट्न कार्यकर्तालाई निर्देशन
कोसी प्रदेशमा बाढीले पुर्‍याएको क्षति प्रति एमालेद्वारा दुःख व्यक्त, उद्धारमा खट्न कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा एमालेले अविरल वर्षाका कारण आएको बाढी पहिरोले कोसी प्रदेशका पहाडी जिल्लामा भएको क्षति प्रति दुःख व्यक्त गरेको छ र बाढी पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति एमालेले गहिरो दुःख व्यक्त गरेको छ । नेकपा एमालेले विज्ञप्ति जारी गरी बाढी पहिरोबाट जीवन गुमाउने प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । 

एमालेले बाढी पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, जीवन रक्षा र राहत उपलब्ध गराउन माग गरेको छ । त्यस्तै घाइतेको उचित उपचार व्यवस्थाका लागि सरकारसँग एमालेले माग गरेको छ । 

प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार कार्यमा खट्न पार्टीका सम्बन्धित जिल्ला र पालिकाका पार्टीका कार्यकर्तालाई एमालेले निर्देश समेत दिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1