चीनमा नयाँ बिरुवाको प्रजाति फेला

नानिङ । चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सम्भावित औषधीय मूल्य भएको नयाँ पोलिगलेसी प्रजाति पत्ता लगाएको चिनियाँ चिकित्सा तथा औषधि विज्ञानको गुआङ्सी संस्थानले जनाएको छ । अनुसन्धान टोलीका सदस्य नोङ युका अनुसार पोलिगलेसी स्प्याटुलाटा नामको नयाँ प्रजाति करिब ५३० मिटरको उचाइमा रहेको कास्र्ट गुफामा फेला परेको हो । नोङले पोलिगालेसी परिवारका बिरुवाहरू […]

Jan 17, 2025 - 06:17
 0
चीनमा नयाँ बिरुवाको प्रजाति फेला

नानिङ । चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सम्भावित औषधीय मूल्य भएको नयाँ पोलिगलेसी प्रजाति पत्ता लगाएको चिनियाँ चिकित्सा तथा औषधि विज्ञानको गुआङ्सी संस्थानले जनाएको छ ।

अनुसन्धान टोलीका सदस्य नोङ युका अनुसार पोलिगलेसी स्प्याटुलाटा नामको नयाँ प्रजाति करिब ५३० मिटरको उचाइमा रहेको कास्र्ट गुफामा फेला परेको हो ।

नोङले पोलिगालेसी परिवारका बिरुवाहरू विश्वभर व्यापक रूपमा फैलिएको बताए । केही प्रजाति मलेरिया र शारीरिक कमजोरी जस्ता अवस्थाहरूको उपचार गर्न प्रयोग गरिन्छ ।

अन्वेषकहरूका अनुसार यो खोजले कास्र्ट क्षेत्रमा पोलिगालेसी परिवारको प्रकाश पार्छ । वनस्पति जैविक विविधताको संरक्षणमा चीनको दक्षिणपश्चिमी कास्र्ट क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई रेखांकित गर्दछ ।

आविष्कारको विवरण भर्खरै प्लान्ट वर्गीकरणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल फाइटोकेजमा प्रकाशित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register