होन्डुरसको महिला कारागारमा दङ्गा, जेलरसहित ४१ कैदीको मृत्यु

Jun 21, 2023 - 02:01
 0
होन्डुरसको महिला कारागारमा दङ्गा, जेलरसहित ४१ कैदीको मृत्यु
होन्डुरसको महिला कारागारमा दङ्गा, जेलरसहित ४१ कैदीको मृत्यु

तेगुसीगाल्पा । होन्डुरसको एक महिला कारागारमा मङ्गलवार भएको दङ्गामा कम्तीमा ४१ महिलाको मृत्यु भएको छ । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा कैदी जलेर मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । 

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरू बीचको सुरु भएको हिंसाको कारण कम्तीमा ४१ महिला कैदी बन्दीको को मृत्यु भएको हो, जसमध्ये धेरैलाई जलाएर मारिएको छ । 

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराले पनि भने कि अधिकांश सो हिंसात्मक भिडन्तको क्रममा बन्दीहरूलाई जलाइएको थियो ।तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तर पश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू छन्।मिडिया रिपोर्टका अनुसार कम्तीमा सात जना महिला कैदीको गोली र छुरा प्रहारको आरोपमा टेगुसिगाल्पा अस्पतालमा उपचार भइरहेको छ। 

देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैर कानुनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दङ्गा सुरु भएको बताउनुभयो। जसका कारण मङ्गलवार कारागारमा हिंसा भएको थियो । कारागारमा रहेका सङ्गठित गिरोहविरुद्ध कारबाही भइरहेको उहाँले बताउनुभयो । उहाँले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताउनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.