इरान–इजरायल युद्धपछि जासुसी तनाब

काठमाडौं । करिब १२ दिन चलेको आपसी हवाई र मिसाइल घम्साघम्सीपछि इजरायल–इरान संघर्ष वर्तमानमा ‘नाजुक स्थिरता’मा पुगेको छ । अमेरिकाको मध्यस्थता रहेको यो स्थिति सोमबारबाट शुरू भएको थियो ।जासुसी आरोपमा इरानमा हालसम्म कम्तीमा ७ सयभन्दा बढी संदिग्ध पक्राउ परेका छन् । तीमध्ये तीनलाई मृत्युदण्ड दिइएको छ । मृत्युदण्ड पाउनेमा मोहसेन लङर्नेसिन पेद्र्राम मदानी एक अन्य […]

Jun 26, 2025 - 02:28
 0
इरान–इजरायल युद्धपछि जासुसी तनाब

काठमाडौं ।

करिब १२ दिन चलेको आपसी हवाई र मिसाइल घम्साघम्सीपछि इजरायल–इरान संघर्ष वर्तमानमा ‘नाजुक स्थिरता’मा पुगेको छ । अमेरिकाको मध्यस्थता रहेको यो स्थिति सोमबारबाट शुरू भएको थियो ।
जासुसी आरोपमा इरानमा हालसम्म कम्तीमा ७ सयभन्दा बढी संदिग्ध पक्राउ परेका छन् । तीमध्ये तीनलाई मृत्युदण्ड दिइएको छ । मृत्युदण्ड पाउनेमा मोहसेन लङर्नेसिन पेद्र्राम मदानी एक अन्य उपन्यासकार रहेका छन् । मृत्युदण्ड पाउने उनको नाम भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

इरानी अदालतले जासुसी अभियोगमा मृत्युदण्ड दिएर आफ्नो सुरक्षा नीति कडा बनाएको छ । तर, मानव अधिकारवादीहरूले अदालतको आदेशबिना मृत्युदण्ड दिएको भन्दै गम्भीर आलोचना गरेका छन् ।युद्धका क्रममा इजरायलले पनि जासुसी आरोपमा करिब ३० जना पक्राउ गरेको छ । जसमा नागरिक, सेना र आरक्षित सैनिकहरू पनि छन् । २०२५ मा यस्तो पक्राउ ४ सय प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले न्युक्लियर साइटको निगरानी गरेको अभियोगमा केही व्यक्तिलाई पक्राउ गरेको दाबी गर्दै आएको छ ।

पक्राउ परेकाहरूको अवस्थामा इजरायली अदालतले अपराधको स्वरूपअनुसार न्यायिक प्रक्रिया अघि बढाएको छ । उनीहरूमाथि राष्ट्रद्रोह, गोप्य सामग्री चुहावट र राष्ट्रिय सुरक्षा खतरामा पर्ने अभियोगहरू लगाएको छ । दोषी प्रमाणित भएमा जन्मकैददेखि मृत्युदण्डसम्म पनि सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

अहिले युद्ध रोकिएको भए पनि जासुसी मोर्चामा दुवै देश अझ संवेदनशील भएका छन् । इरानी अदालतले आफ्नो कानुनी जोखिमलाई कडा रूपले व्यवहारमा उतारेको छ भने इजरायलले आफ्नो आन्तरिक सुरक्षामा थप सजगता अपनाउँदै कारबाही अघि बढाएको छ । युद्धपछि पनि इरान–इजरायल सम्बन्धमा देखिएको चिसोपन चाँडै समाप्त नहुने देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register