अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा बाँसुरी बादनमा राग मालकौंस ।

Dec 2, 2023 - 10:07
Dec 2, 2023 - 10:13
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा बाँसुरी बादनमा राग मालकौंस ।

मंसिर १६? काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको १७ औं श्रँृखलामा युवा बाँसुरी बादक दुर्गा प्रसाद खतिवडाले बाँसुरी बादनमा राग मालकोंस प्रस्तुत गर्नु भएको छ । उहाँलाई तबलामा युवा तबला बादक भैंकटेश ढकाल र तानपुरामा अर्मता अर्यालले संगत गर्नु भएको थियो । 


सो कार्यक्रमको उदघाटन राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष तथा नेपाल प्रहरुकिा पुर्व एसएसपी छत्र बहादुर प्रधानले गर्नु भएको थियो । उहाँले जेष्ठ नागरिकहरुले एक्लोपना महसुस गरेको समयमा शास्त्रीय संगीतको गायन तथा शास्त्रीय धुनहरुले जेष्ठ नागरिकहरुमा थप उर्जा प्रदान गर्ने बताउनु भयो ।


सो कार्यक्रममा म्यानमारको मान्डलेबाट आउनु भएका कृष्ण ढकाल पनि श्रोताको रुपमा उपस्थित हुनु भएको थियो । 
वि.सं २०७९ साल असार १५ गते स्थापना भएको अच्युतराम भण्डारी प्रतिष्ठानले सरकारले शास्त्रीय संगीतलाई उपेक्षा गरे पनि प्रतिष्ठानले निजी प्रयासमा विगत १६ औं महिना देखि हरेक नेपाली महनिाको १५ गते आध्यात्मिक शास्त्रीय संगीतको कार्यक्रम गर्दै आएको छ । 
राग मालकौस भैरवी थाटबाचक राग हो । यसमा ओरोहमा ऋषभ र पंचम स्वर बज्य भएकाले यसको जाति औडव—औडव हो भने रागको वादी स्वर मध्यम र संवादी स्वर षडज हो । यस रागमा ग, ध, नि कोमल प्रयोग हुन्छ । यो अति शस्सक्त प्रकृतिको राग हो । राग मालकौंसमा  धुवपद गायन, बाँसुरी बादनको प्रस्तुतीकरण गर्ने गरिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register