अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा सितार बादनमा राग किरवाणी  ।

Apr 19, 2024 - 05:27
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा सितार बादनमा राग किरवाणी  ।


बैशाख ७, , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा भारतीय सितार बादक डा. राजेश शाह र नेपालकी बरिष्ठ सितार बादिका उमा थापाबाट सितार बादनमा राग किरवाणी प्रस्तुत गरिएको छ । उहाँहरुलाई सितार बादनमा तबलामा पं अच्युतराम भण्डारीले साथ गर्नु भएको थियो ।
काठमाडौंको राष्ट्रिय नाचघर जमलमा गत बैशाख २,२०८१ मा सोलो सितार बादन प्रस्तुत गर्न गत चैत्र ३० गते, २०८० मा काठमाडौं आउनु भएका बनारस हिन्दु विश्वविद्यालयमा पुर्व डीन तथा हाल सितार विभागका प्रमुख डा. राजेश शाहको विदाइ कार्यक्रमको अवसरमा हिजो प्रतिष्ठानले आयोजना गरेको विदाई कार्यक्रम सितारब बादक डा.राजेश शाह र उमा थापाले संयुक्त रुपमा सितार बादनमा राग किरवाणी प्रस्तुत गर्नु भएको थियो । 


सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका ललितकला केन्द्रीय विभाग , त्रिभुवन विश्वविद्यालय, किर्तीपुरका प्रमुख प्रा.डा.ध्रुबेशचन्द्र रेग्मी लगायत प्रतिष्ठानका प्रशिक्षक तथा विद्यार्थी तथा श्रोताहरुको उपस्थिति रहेको थियो । 
डा. शाहको काठमाडौं आगमनको क्रममा त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागले सितार सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । यसैगरी अच्युतराम भण्डारी संगीत प्रतिष्ठानले पनि सितार बादन सम्बन्धी कार्यशाला गोष्ठीका आयोजना गरेको थियो । 


यसैविच डा. शाहको काठमाडौं आगमनको अवसरमा नेपालको पहिलो रेडियो रेडियो नेपालले  डा. शाहको सितार बादनको सोलो रेकडिङ्ग गरेको थियो । वि.स. २००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपालमा स्थापना काल देखिनै  शास्त्रीय सङ्गीतको कार्यक्रम प्रशारण हँुदै आएको छ । 


डा. राजेश शाह नेपालको सप्ताहव्यापी सांगितिक कार्यक्रममा सहभागी भई आज विहान बनारस  फर्कनु भएको छ । 
  शास्त्रीय संगीतलाई जीवित राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको हरेक १५ गते गौरीघाटस्थित आफनै प्रतिष्ठानमा विगत २१  महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register