नयाँ वर्ष २०२२ को  हार्दिक मंगलमय शुभकामना। 

जीवन अत्याधिक छोटो छ, विभिन्न चुनौतीहरुलाई पन्छाउँदै अघि बढ्नु नै जीवनको मुख्य सार हो।  तपाईंहरु सबै जेजस्तो परिस्थिति भएपनि जीवनरुपी रथलाई निरन्तर अगाडि बढाई रहनुहुन्छ भन्ने शुभकामनाका साथ नयाँ वर्ष २०२२ को  हार्दिक मंगलमय शुभकामना। 

Dec 31, 2021 - 08:05
Jan 25, 2022 - 11:50
 0
नयाँ वर्ष २०२२ को  हार्दिक मंगलमय शुभकामना। 

यो, वर्ष को त्यो समय हो जब हामी वर्तमान वर्षलाई बिदाइ गर्छौं र आउँदै गरेको वर्षलाई उत्साह, उमङ्ग र नयाँ सपनाहरूको साथ खुला हृदयले स्वागत गर्दछौं। पछिल्ला दुई वर्ष हाम्रा लागि कोरोना भाइरसको कारणले कठिन रह्यो। महामारीले हामीलाई हाम्रा प्रियजनहरूबाट टाढा रहन बाध्य तुल्याएको थियो। हाम्रा जीबनशैलीहरु पनि भाइरसको निरन्तर डरमा बितिरहेको थियो र यो महामारीको कारणले हाम्रा उत्सवहरु पनि निरस भएका थिए । विगतका केही वर्षहरुले हामीलाई अत्याधिक कुराहरु सिकाएर गएको छ। हामी एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आफ्नो जीविका जिउने हो भने जस्तो पनि महामारीलाई हामी हराउन सक्दछौं ।

जसले आफ्ना प्रियजनहरुलाई गुमाउनुभयो वहाँहरु सबैलाई हार्दिक समबेदना प्रकट गर्न चाहन्छौं ।सबै दिवंगत आत्माहरुले शान्ति पाओस् हाम्रो यही प्रार्थना छ।

जे होस्, अब अर्को वर्षलाई बिदाइ गर्ने समय आएको छ। आशा गरौ यो नयाँ वर्षमा तपाई हाम्रो जिबन भरपुर आनन्द , उत्साह र आफ्ना सपनाहरु पूरा गर्ने दिशातर्फ लम्कने छ।  

जीवन अत्याधिक छोटो छ, विभिन्न चुनौतीहरुलाई पन्छाउँदै अघि बढ्नु नै जीवनको मुख्य सार हो।  तपाईंहरु सबै जेजस्तो परिस्थिति भएपनि जीवनरुपी रथलाई निरन्तर अगाडि बढाई रहनुहुन्छ भन्ने शुभकामनाका साथ नयाँ वर्ष २०२२ को  हार्दिक मंगलमय शुभकामना। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal