कोसँग सहकार्य राम्रो अनि कोसँग नराम्रो ?

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!

Dec 31, 2021 - 10:44
Dec 31, 2021 - 10:45
 0
कोसँग सहकार्य राम्रो अनि कोसँग नराम्रो ?

सहकार्य!
...
प्रचण्ड, माकुने नामका सर्वहारा खुखार कम्युनिस्ट माओवादी मार्क्सवादी हरु शेवदे जस्ता पूजिवादी विपिवादी संग सहकार्य गर्न हुने, भट्टराई जस्ता मसाल, माओवादी हरु पनि यादव हरु जस्ता छुट्टै देश चाहने तराइवादी संग सहकार्य गर्न हुने, तर रविन्द्र मिश्र जस्ता उदार युवा ले राजेन्द्र लिङ्देन जस्ता निडर नेता संग सहकार्य गर्दा मान्छे का प्रतिक्रिया नकारात्मक किन?
...
अमेरिका, बेलायत, भारत आदि लाई पूजिवादी साम्राज्यवादी ब्ला ब्ला ब्ला भन्दै गाली गर्दै नेपाली सके आफै नसके सन्तान प्रयोग गरि अमेरिकाको डिभी भर्छ, बेलायत छिर्न नौटङ्की उपाय गर्छ र कहिँ उपाय नलागे त्यही भारत मा "लाहुर" जान्छ! आफ्नो जिन्दगी सुधार्न यस्तो नौटङ्की गर्ने नेपाली ले नेताले आफ्नो भविष्य सुरक्षीत गर्न एक अर्का पार्टी संग सहकार्य गर्दा भने गुनासो गर्छ!
...
नेपाली मा कहिले चेतना आउला खै यो राजनिती कुनै देश र समाजको विकास का लागी कुनै मूला नेपाली ले गरेको छैन, केवल रोजगारी र सुख सुविधाको लागी मात्र गरेको छ भन्ने कुरा? त्यसैले त जसरी आफू राजा हुन सकिन्छ त्यसै गरि प्रचण्ड र माकुने देउवा संग मिल्न हिच्किचाउन्नन, ओली पनि प्रचण्ड संग मिल्न हिच्किचाउन्नन, रविन्द्र पनि राजेन्द्र संग! जनता भेडामा चेतना भए बरु अन्धाधुन्ध नेताको पछि लागेर एक अर्काको विरुद्ध नानाथरी बोल्न भन्दा आफ्नै पेशा गरेर स्वतन्त्र नागरिक भएर बस्दा भलो हुन्छ, कसैको हनुमान बन्न भन्दा! 
...
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Boz Raj Former Director at ChangeGov Ltd Past: Deloitte and Pokhara Consultancy Ltd Studied Computer science at London South Bank University, London, UK Graduated in 2001 Lives in London, United Kingdom