खतरामा छ !

न दलाल रास्ट्रघाती खतरामा छ
नश्लको गोटी फ्याँक्ने
रुढीवाद खतरामा छ !!
न राम खतरामा छ
न बुद्ध खतरामा छ,
अनुयायीका मस्तिष्क बिगार्ने
भाईचारा खतरामा छ !!
न मन्दिर खतरामा छ
न गुम्बा खतरामा छ,
मानव शरीरमा झुक्याउने
दानव खतरामा छ !!
न धर्म खतरामा छ
न कर्म खतरामा छ,
हिंसा-भेदभावको हैजा फैलाउने
पीशाच खतरामा छ !!
न छिमेकी खतरामा छ
न मित्रतै खतरामा छ,
ऐतिहासिक साइनो बिगार्ने
शकुनि खतरामा छ !!
जातीवाद र मतभेदको चश्मा
खोलेर त हेर साथी ...
उड्न्ते र कूमार्गमा
समाज खतरामा छ !!
अनेकतामा एक बनौं
सादगी र स्वचारि बनौं,
...
अरे पहिलो चरणमा
मान्छे त बनौं...
नेपाल रणभूमि बन्दैछ
स्वाभिमान सार्वभौम खतरामा छ!!
What's Your Reaction?






