महिला हिंसा अपराध कसरि निर्मुल होला ?

नेपालमा थुप्रै महिला लक्षित कार्यक्रम हुन्छ्न त्यसका उद्देश्य भयंकर हुन्छ्न तर दिनभरिको कार्यक्रम एक प्लेट लन्च सङ्गै बजेट स्वाहा पार्ने र फेसबूकमा फोटा पोस्ट गर्ने मै सिमित भएको देखिन्छ । कार्यक्रमको असर लक्षित ठाउँ सम्म पुगेको देखिदैन।

Jan 24, 2022 - 19:08
Jan 24, 2022 - 19:08
 0
महिला हिंसा अपराध कसरि निर्मुल होला ?

नेपालमा पछिल्लो समय महिला हिंसाको दर बढ्दो छ । कानुनमा महिला हिंसालाई अपराध मानिए पनि कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा हिंसाको दर बड्दै गएको हो । केही समय अघि महिला हिंसा अन्त्यकै लागि भनेर देशका विभिन्न ठाउँमा "घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज" भन्ने नाराका साथ मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सकिएको छ । 
महिला लक्षित कार्यक्रम गर्ने, नगर्ने पक्कै होईन । महिला अधिकारको लागि आन्दोलन पनि गर्ने। अधिकारको लागि सम्बन्धित निकायलाई झकझकाउने दबाब दिने । महिला हिंसा बिरुद्ध जनचेतनामुलक कार्यक्रमका अभियान चलाउने । 
तर कार्यक्रम गर्नलाई गर्ने , बजेट सक्न गर्ने र फेसबूकमा फोटा पोस्ट गर्नलाई मात्र गर्ने होईन । कस्तो कार्यक्रम गर्दा के कस्ता प्रभाब पर्छन, कसरि कार्यक्रम गर्दा उद्देश्यमा सफलता हात लाग्छ त्यसको पनि ज्ञान हुनु आवश्यक छ । 
नेपालमा थुप्रै महिला लक्षित कार्यक्रम हुन्छ्न त्यसका उद्देश्य भयंकर हुन्छ्न तर दिनभरिको कार्यक्रम एक प्लेट लन्च सङ्गै बजेट स्वाहा पार्ने र फेसबूकमा फोटा पोस्ट गर्ने मै सिमित भएको देखिन्छ । कार्यक्रमको असर लक्षित ठाउँ सम्म पुगेको देखिदैन।

महिला हिंसाका विभिन्न कारणहरु मध्य केही सामाजिक कारणहरुमा चर्चा गर्दा नेपालको परंरागत मौलिक संस्कार र विश्व को आधुनिक भनिएको पस्चिमा संस्कार बिच को द्वन्द्व को सिकार भएका छ्न नेपाली युवा युवतीहरु। आजकल महिला हिंसा सङ्गै पुरुस हिंसा पनि बेग्रल्ती सुनिन थालिएको छ । यति सम्मकी श्रीमतिको परपुरुस सङ्गको सम्बन्ध थाहा पाएपछी श्रीमानले आत्महत्या समेत गरेको समचार सुनिन थालिएको छ । 
महरा प्रवृत्ति हाम्रो समाजको दुर्गती हो दुर्घन्ध हो । यौन प्राकृतिक त हो तर गैर सम्बन्धमा यौन अपराध हो । त्यही गैर सम्बन्ध यौनको कारण महरा अपराधी हुन भने जबर्जस्ति करणिको प्रयास आरोपले पनि महरा झन ठुला अपराधी हुन । 
समाजमा धेरै महराहरु छ्न । देखिए अपराधी नदेखिए सज्जन । 
भने अर्कोतिर स्वार्थ र लाभको लागि परपुरुस सँग सम्बन्ध राख्ने महिलाहरुको बिगबिगी पनि उत्तिकै छ । एक श्रीमती हिंसामा पर्छे अर्कि श्रीमतिको कारण । पुरुस बिबाहित हो उसको परिवार छ भनी जान्दाजान्दै पनि त्यही पुरुस सङ्ग सम्बन्ध गाँस्ने महिला पनि अपराधको उत्तिकै भागिदार हुन्छे । 

समाजका कुरौटे महिलाहरु पनि महिला हिंसाका कारण बनेका छ्न । नभएका कुरा वा संका र हल्लाको आधारमा कुरा लगाएर परिवार भाँड्ने देखि प्रगतिमा डाहा र ईख राख्ने महिलाको कारण पनि महिला हिंसाको सिकार हुन पुग्छ्न । सामाजिक संजालको दुरुपयोगबाट स्थापित सम्बन्ध अन्त्यमा हिंसामा टुङ्गिएका प्रसस्त घटनाहरु देखिन्छ त्यसैले सामाजिक संजालको सदुपयोग गर्न गराउन आवस्यक भएको छ । 

बेरोजगारको कारण समाजमा धेरै मान्छे फुर्सदमा छ्न जसको काम नै अफबाह फैलाउने, चियोचर्चा गर्ने र तिललाई पहाड बनाउने हुन्छ। तिनैकुराहरु हिंसाको आधार बनिदिन्छ्न । 
महिलाहरु आर्थिक र सामाजिक रुपमा सशक्त नबनाउँदासम्म उनीहरूमाथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन नसक्ने बहस पनि चल्दै आएको छ । 
त्यसका लागि महिलालाई शिक्षा र रोजगारीका अवसर मिलाउन सरकारले पहल गर्ने , भएका कानुन कार्यान्वयन गर्ने ,पीडितहरूले मैले न्याय पाउन सक्छु भन्ने आशा राखेर उजुरी गर्न सक्ने अवस्थाको सृजना गर्न सके महिला हिंसा न्यूनीकरण हुँदै जाने कुरामा बिस्वस्त हुन सकिन्छ ।
महिला हिंसा न्यूनीकरणको लागि महिलामा न्यायिक एकता हुनु आवस्यक छ भने पुरुसको साथ र सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

नेपालको संबिधान २०७२ मा छुट्टै संबैधानिक महिला अधिकार को ब्यबस्था हुँदा पनि एकातिर समाजमा अझै महिला विभेद , अपराध र हिंसा का घटनाहरु न्युनिकरण हुन सकिराखेको अबस्था छैन भने । अधिकारको गलत प्रयोग ले सामाजिक र पारिवारिक बिकृती पनि बड्दो देखिन्छ । डिभोर्स र एबोर्सन दर बड्नु नेपालि समाजको बिकृती बन्दै गएको छ । त्यसैले अधिकार र कर्तब्यलाई समनान्तर रुपमा अगाडि लैजान सकेमात्र लैंगिक हिंसा रहित लैंगिक समानता सहितको सुन्दर समाजको निर्माण गर्न सकिनेछ । 
पितृसत्तात्मक राज्य भएकोले प्राय महिला हिंसामा पुरुसलाई दोसि देखाउने गरिन्छ तर लैंगिक हिंसामा पुरुस मात्र दोसि हुँदैन । म महिलाले पुरुसलाई साथ दिएको कारण अर्कि महिला हिंसामा पर्छे भने त्यस्तो अबस्थामा पिडित महिलाको स्थानमा आफुलाई राखेर म महिलाले न्यायिक बाटो अबलम्बन गर्नुपर्छ । 
अधिकारको कुरा गर्दा आफ्नो कर्तव्य पनि नभुलौं ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow