समाजवाद को सपना बाडेर नेपाली लाई मुर्गा बनाउने नेपाली पार्टी र नेता हरु!

देशका ठूला ठूला कलेज र अस्पताल नेताका होलान्, उद्योग धन्दा तिनै नेताका होलान्, सुपरमार्केट र कन्स्ट्रक्सन कम्पनी देखि देशका श्रोत दोहन गर्ने एक्स्क्याभेटर, डिगर, डोजरका कम्पनी नेताकै होलान्, हाइड्रो पनि अहिले धेरै निजी क्षेत्र कै होला त्यो पनि महान पूजिवादी विरोधी नेता हरु कै होला!

Jan 2, 2022 - 20:46
 0
समाजवाद को सपना बाडेर नेपाली लाई मुर्गा बनाउने नेपाली पार्टी र नेता हरु!


...
समाजवाद भने पछि हरेक चिज को स्वामित्व कि सरकार को, कि समाजको, कि मजदुर समूह को हुन पर्ने होला अनि त्यसलाई व्यावसाय बनाएर कसैले पनि नाफा लिन नपाइने होला! यस्तो प्रणाली उहिले चिनमा भए पनि अहिले छैन!
...
नेपाल मा "समाजवाद, समाजवाद" भनेर दशकौ चिच्याउदै आएका पार्टी र तिनका नेता हरु ले कैयौं पटक सरकार चलाए तर कहिँ कतै समाजवाद को छनक दिएको पाइन्न, भाषणमा बाहेक! तर भाषण अझै जारी छ, सबै पार्टी र तिनका नेता बाट अनि भेडा नेपाली हरु बुझेर हो वा नबुझेर हो तिनै झूठा आश्वासन लाई विश्वास गर्दै आएका छन्!
...
देशका ठूला ठूला कलेज र अस्पताल नेताका होलान्, उद्योग धन्दा तिनै नेताका होलान्, सुपरमार्केट र कन्स्ट्रक्सन कम्पनी देखि देशका श्रोत दोहन गर्ने एक्स्क्याभेटर, डिगर, डोजरका कम्पनी नेताकै होलान्, हाइड्रो पनि अहिले धेरै निजी क्षेत्र कै होला त्यो पनि महान पूजिवादी विरोधी नेता हरु कै होला! अनि यस्तो स्थिती मा कसले कसरी नेपाल मा समाजवाद ल्याइदिन्छ र नेपाली हरु अझै समाजवाद समाजवाद भन्दै भट्ट्याइ रहन्छन्?
...
यसरी सबै लाई सधैं ढाटिरहेर राजनीति गरिरहन्छन हरेक क्षेत्र का नेता, अनि जनता पत्याईदिन्छन्, पढेकै शिक्षित नेता देखि शिक्षित टोपलिएका नेता, विद्यार्थी संगठन, पेशेवर संगठन र आम नागरिक पनि पत्याए झैं गर्छन्, कसैले पनि त्यसको अर्थ के हो र त्यो सम्भव छ वा छैन, छ भने कसरी सम्भव छ भनेर विश्लेषण नगरी ताली ठटाउछ, चेतनाको चरम अभाव, विडम्बना! शुभ सप्ताहन्त!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Boz Raj Former Director at ChangeGov Ltd Past: Deloitte and Pokhara Consultancy Ltd Studied Computer science at London South Bank University, London, UK Graduated in 2001 Lives in London, United Kingdom