बेलायतमा बेक्स्ली नेपाली समाजका नारीहरुको शानदार प्रस्तुति : भिडियो सहित

नाचौ नाचौ लाग्ने मनहरु तर कहिले पनि स्टेजमा  न नाचेका खुट्टाहरूलाई पनि नाच्न योग्य बनाउने कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेकोमा यो कार्यक्रम एउटा प्रेरणाको रुपमा अरु समाजले पनि लिन्छन् भन्ने  बेक्स्ली समाजकी उपाध्यक्षको विश्वास छ।

Dec 19, 2021 - 18:28
Dec 22, 2021 - 08:45
 0

बेलायतमा बेक्स्ली नेपाली समाजका नारीहरुको शानदार प्रस्तुति : भिडियो सहित 

लन्डन: लन्डन नजिक केन्ट युके मा रहेको बेक्स्ली नेपाली समाजको सांस्कृतिक कार्यक्रम भव्यता पूर्ण सफल भएको छ। कार्यक्रममा बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेल लगायत अन्य सम्पूर्ण कार्यकारिणी सदस्यहरूको पूर्ण सहयोगका कारणले समाजका चेलीहरुले शानदार प्रस्तुति देखाउन सफल भएका छन्। कार्यक्रम संचालन केदार थपलियाले गर्नु भएको थियो। वास्तवमा यो कार्यक्रमको पूर्ण श्रेय दीपेन्द्र सिटौलालाई जान्छ, किनभने सिटौलाज्यूको नेत्रित्वमा बेलायतको सरकारी कोषबाट बेक्स्ली नेपाली समाजलाई यो कार्यक्रम सञ्चालन गर्न लाग्ने पुजी जुटाउन सफल हुनुभएको थियो। तेस्तै, अर्को अमुल्य योगदान नृत्य शिक्षिका को रुपमा अपेक्षा कार्कीले आफ्नो अमुल्य समय दिएर सम्पूर्ण चेलीहरुलाई नृत्य सिकाउदै आउनु भएको छ।


स-साना बालबालिकाहरुले नेपालको राष्ट्रिय गीत गाएर कार्यक्रमको सुरुवात गरेका थिए। नाचौ नाचौ लाग्ने मनहरु तर कहिले पनि स्टेजमा  न नाचेका खुट्टाहरूलाई पनि नाच्न योग्य बनाउने कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेकोमा यो कार्यक्रम एउटा प्रेरणाको रुपमा अरु समाजले पनि लिन्छन् भन्ने  बेक्स्ली समाजकी उपाध्यक्षको विश्वास छ।


कार्यक्रममा बच्चा, बच्ची, बुढा,बुढी र समाजका नेपाली सदस्यहरु गरी लगभग १०० भन्दा बढीको उपस्थिति थियो।  आजको दिन पूर्णरूपमा आमाहरुलाई समर्पित थियो, उपस्थित दर्शकहरुमा धेरैले आज नानी केटाकेटीहरूको जिम्मा लिएको पनि देखिन्थ्यो। धन्य छन् ती  सबै बाबाहरुलाई जसले आफ्ना नानी बाबूहरुलाइ घण्टौंसम्म सम्हालेर  श्रीमतीलाई निर्धक्क भएर मन फुकाएर नाच्न पाउने अवसर जुटाइदिएकोमा।


 यो कार्यक्रम एउटा पायलट कार्यक्रमको रुपमा अघि सारिएको थियो तर A-STAR FINANCIAL SOLUTIONS UK LTD को आर्थिक सहयोगको घोषणाले अब यो कार्यक्रमले 9 जनवरी देखि निरन्तरता पाउँदै छ।  बेलायतमा  सञ्चालित सफल नेपाली व्यवसायीहरुले यसरी नेपालको कला र संस्कृति झल्किने कार्यक्रमहरूलाई सहयोग गर्न अगाडि आएकोमा  सम्पूर्ण बेलायत बेक्स्ली नेपाली समाजको तर्फबाट हार्दिक धन्यवाद तथा बधाई दिनुभएको थियो। 

कार्यक्रममा दुईवटा  सामुहिक नृत्य थियो भने दुईवटा सोलो प्रस्तुति पनि थियो। अन्त्यमा सबैले मिठो शाहाकारी भोजन गरेर कार्यक्रमको अन्त्य गर्नु भयो। 

कार्यक्रमको भिडियो प्रस्तुती हेर्न माथिको भिडियो लिङ्क क्लिक गर्नुहोला। 

PHOTO GALLERY-

अन्य थप ताजा समाचार यहाँ पढ्नुहोस् !! 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal