बेलायतमा एकै दिन १२ हजारभन्दा बढी मानिस ओमिक्रोनबाट संक्रमित

बेलायतमा कोभिड–१९ को ५० हजारभन्दा बढी केसहरू रिपोर्ट भइरहेका छन्, जसमध्ये १० हजारभन्दा बढी ओमिक्रोनका पनि छन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जर्मनीले आइतबार बेलायतसँग आवतजावतमा प्रतिबन्ध लगाएको छ ।

Dec 20, 2021 - 06:45
 0
बेलायतमा एकै दिन १२ हजारभन्दा बढी मानिस ओमिक्रोनबाट संक्रमित

बेलायतमा पछिल्लो एक दिनमा १२ हजार १३३ जना कोभिड–१९ ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएका छन् । योसँगै बेलायतमा ओमिक्रोनको कुल ३७ हजार १०१ केस पुष्टि भएको छ । केही दिनदेखि बेलायतमा ५० हजारभन्दा बढी कोभिड–१९ का केसहरू रिपोर्ट भइरहेका छन्, जसमध्ये १० हजारभन्दा बढी ओमिक्रोनका पनि छन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जर्मनीले आइतबार बेलायतसँग आवतजावतमा प्रतिबन्ध लगाएको छ ।


नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेले देशमा राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छन्। यो जनवरी 14 सम्म लागू हुनेछ। अर्कोतर्फ, इरानले आइतबार ओमिक्रोन भेरियन्टबाट संक्रमणको पहिलो केस पुष्टि गरेको छ। अहिले विश्वका कुल ९२ देशमा कोभिडको यस प्रकारको संक्रमण देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal