भारतको नेपालप्रतिको हेपाहा नीतिको कारण नेपालको सुरक्षा सुदृढ गर्नैपर्छ 

भारत नेपाललाई धनि र सम्पन्न बनाउन चाहदैन । यसका लागि उसले नेपालको नीतिमा प्रतक्ष्य अप्रतक्ष्य प्रभाव पारिरहेको हुन्छ । नेपाली सामान भारतमा निर्यात गर्न निकै कठिन हुन्छ ,तर भारतीय सडेगलेका तरकारि फलफुल लगायतका सामान पनि नेपालले आयत गर्न बाध्यता हुन्छ । उसले नेपालको आर्थिक बिकास होस भन्दापनि नेपाल संधै गरिब भएर भारतमाथि निर्भर भए संधैको यस म्यान बनोस भन्ने भारतको कुनियत देखिन्छ । 

Feb 12, 2022 - 14:51
 1
भारतको नेपालप्रतिको हेपाहा नीतिको कारण नेपालको सुरक्षा सुदृढ गर्नैपर्छ 

भारतको नेपालप्रतिको हेपाहा नीतिको कारण नेपालको सुरक्षा सुदृढ गर्नैपर्छ 

 दक्षिणी छिमेकी देश भारतको  हेपाहा र मिचाह नीतिको कारण कुनैपनि छिमेकी देशसंग भारतको राम्रो सम्बन्ध छैन । २००७ सालमा नेपालमा प्रजातन्त्र ल्याउन भारतको सहयोग गरेपछि यसको बदलामा उसले नेपालका कोशी र गण्डकी सम्झोता ग¥यो । जसबाट भारतका भुमि मात्र  सिचाइं हुनेगरि बाँध बनाएर नहर बनाइयो । नेपालका जमिनमा पानी जमाएर सिचाइंको कुनै ब्यबस्था नेपालको लागि गरिएन । २०४६ साल पछि आएको बहुदलीय ब्यबस्था आउनासाथ नेपालका भारतमुखी नेतालाई फास्लाङ फुस्लुङ पारेर  महाकाली सन्धि गरेर महाकालि नदीलाई आधा आधा हक लाग्ने र टनकपुर बाँधलाई बैधता दिएर सबै पानी भारततर्फ लगियो । अहिले नेपालका महत्वपूर्ण जलबिद्युत आयोजना सबै भारतले कब्जा गरिसकेको छ । त्यस्तै गरेर खुला सिमानालाई कायम राखेर नेपालको धेरै सिमाना मिचेर भारतीयहरुले कब्जा गरिसकेका छन् । धेरै पहिलादेखि नै बिबादीत बनाइएको सुस्ता क्षेत्र र कालापानी क्षेत्रमा भारतले एकपक्षियरुपमा कब्जा जमाएर बसेको छ । नेपालले धेरै पल्ट ठोस बार्ताको पहल गरेपनि भारतले वास्ता गरेको छैन ।

नेपाल— भारतको खुला सिमाना दुबै देशको लागि अभिसाप हो । जसको प्रतिफल तश्कर, अपराधिक गतिबिधिमा बृद्दी मात्र होइन अहिले नेपालमा कोरोना ह्वात्तै बढनुको खुला सिमानाको दुरुपयोग पनि हो । कमसेकम सिमानाका नाकाबाट परिचयपत्र देखाएर आउने जाने गरिन आबश्यक छ । जसबाट कति र को मानिस भित्र बाहिर गरे सो को अभिलेख राख्न सकिन्छ ।  खुला सिमाना पनि नियमित गरौं भनेर इपिजिको प्रस्ताब दुबै देशका बिज्ञ मिलेर तयार गरे, तर भारतका प्रधानमन्त्रीले त्यसलाई अहिलेसम्म हेरेका छैनन् । यसबाट पनि उनीहरुको नियत छर्लङग हुन्छ । उनीहरु नेपाललाई अलमलमा राखेर नेपाललाई अस्थिर र कमजोर पार्न चाहन्छन् । जसबाट एकदिन कब्जा गर्ने, नभए नेपालको परराष्ट्र र रक्षाको जिम्मा भारतले लिन सकोस ।

भारत नेपाललाई धनि र सम्पन्न बनाउन चाहदैन । यसका लागि उसले नेपालको नीतिमा प्रतक्ष्य अप्रतक्ष्य प्रभाव पारिरहेको हुन्छ । नेपाली सामान भारतमा निर्यात गर्न निकै कठिन हुन्छ ,तर भारतीय सडेगलेका तरकारि फलफुल लगायतका सामान पनि नेपालले आयत गर्न बाध्यता हुन्छ । उसले नेपालको आर्थिक बिकास होस भन्दापनि नेपाल संधै गरिब भएर भारतमाथि निर्भर भए संधैको यस म्यान बनोस भन्ने भारतको कुनियत देखिन्छ । 

 नेपालमा चलेको १० बर्षे माओबादी आन्दोलनलाई भारतीय सहयोगले नेपालले ठुलो क्षति बेहोर्नु परेको थियो । नेपाली सेनालाई पुराना हतियार दिएर सहयोग गरेको थियो भने अर्कोतर्फ माओबादीलाई तालिम र हतियार तथा बिष्फोटक पदार्थ दिएर नेपाली नेपाली बिच युद्य गर्नमा मद्दत गरेको थियो । यसरि छिमेकि देश भारतको द्वैध भुमिकाले नेपालले भारतसंगको बिश्वास गर्न कठिन भएपनि नेपालले आफ्नो छिमेकी बदल्न सक्तैन यो हाम्रो बिवसता हो ।  
 अहिले नेपालको राजनीति अत्यन्त अस्थिर र तरल छ । नेताहरु भारत र पश्चिमाको स्वार्थमा  चलिरहेका छन् ।

नेपाली जनताले नचाहेको धर्म निरपेक्षता र संघियता नेपालमा लाद्न देशलाई गंणतन्त्र बनाइयो ।  हाम्रा देशका नेताहरु पश्चिमा देशहरु तथा भारतको  स्वार्थमा चलेर ब्यक्तिगत फाइदा मात्र लिइरहेका छन् । देशको मुलनीति नै राजनीति खराब अबस्थामा पुगेपछि यसका अंगहरु पनि चोखा रहने संभावना देखिदैन । कर्मचारी, न्यायलय, ब्यापारि लगायत ठुला प्रकाशन गृहहरु सबै बिदेशीको तरफदारि गर्नमा रमाइरहेका छन् । नेपाली जनताका पक्षमा बोल्ने र काम गर्ने नेताको अत्यन्त कमि भएको छ । सत्तामा बस्नेले सुशासन पक्षमा कुनै काम नगर्ने मात्र होइन भ्रष्टाचारले परकाष्ट नाघिसकेको छ । अख्तियारले कुनै ठुला भ्रष्टहरुलाई कारबाहि गर्न सक्तैन । बिदेशीका एजेण्टहरुको बोलवाला बढेर गएको छ । बिदेशीको हितमा कार्य गर्ने आइएनजियोको कारण नेपालको संबिधान पंगु हुंदै गएको छ । अहिलेका दलका नेताहरुबाट यो देशको भलो हुनसक्ने कुनै आधार देखिदैन । त्यसैले अब नया जोश र जाँगरसहितका राष्ट्रबादी युवाहरु राष्ट्रको हितमा सकृय भएर अघि नलागि देशले सहिबाटो लिन सक्ने छैन । 

 अब नेपाललाई सार्बभौम सम्पन्न तथा सुरक्षीत देश बनाउन हाम्रो सुरक्षा सुदृढ गर्नैपर्छ । पहिलो खुला सिमाना नियमित गरिनु पर्छ । यदि भारतले आनाकानि गरिरहने हो भने नेपालले आफ्नो तर्फबाट सिमानामा काँडेदार तार लगाउन अत्याबश्यक भइसकेको छ  । नेपाली सेनाको प्रतिरोध क्षमता बढाउंदै पर्याप्त प्रतिरोधात्मक हतियार प्राप्त गर्न अत्याबश्यक छ । सेनालाई आधुनिकिकरण गर्दै आफ्नो पेशामा पारंगत गरिदै तयारि अबस्थामा राखिनु  पर्छ । यसभन्दा पहिला नेपालतर्फबाट भारतसंग ससक्तरुपमा कुटनैतिक वार्ता गर्ने पहल गरिहाल्नु पर्छ । भारतले बारम्बार बेवास्ता गरेर नेपालको जमिन कब्जा गरिरहने हो भने नेपालले युएनमा आफ्ना कुरा राख्न सक्नुपर्छ । नेपाललाई भारतले हेपाह नीति लिइराखे हाम्रो उत्तरि छिमेकि राष्ट्र चीनसंग सम्बन्ध अझ बलियो बनाएर सुरक्षा सम्बन्ध बढाउन आबश्यक छ । यदि हामीले चीनलाई कुटनीतिक तरिकाले राम्रोसंग कुरा बुझाउन सके उसले हाम्रो क्षेत्र लिम्पियाधुरा , कालापानी र लिपुलेकको बास्तविक सिमाना कहाँ हो उसले बताउन सक्छ । किनकि नेपाल भारत र चीनको मिलन बिन्दु कुन स्थानमा पर्छ भनेर एकिन गर्न चीनको सहयोगमा गर्न सकिने छ । अहिलेको देउवा सरकार पुरारुपमा अमेरिका समर्थक र भारतको चाकडिमा लागेको हुंदा यो सरकारबाट कुनै आस गर्न सकिदैन । जुनकुरा शेरबहादुरले अमेरिकन सहयोगको नाममा आएको एमसिसि पास गर्न मरिहत्ते गरिरहेका बाट पनि अबगत गर्न सकिन्छ ।  जस्को चारैतर्फ बिरोध भइरहेको छ । सरकारमा बसेका अरु कम्युनिष्ट दलले एमसिसिको बिरोधमा रहेकाले अहिलेसम्म एमसिसि पास हुन सकेको छैन  ।  

 भारतको सुरक्षाको प्रमुख आधार  गोर्खाली सेना हुन । त्यसैले यदि भारतले नेपाललाई दुःख दिइरहने हो भने , नेपालले भारतीय फौजमा जाने गोर्खाली सेनाको भर्ना रोक्न सक्नु  पर्छ । यो अबस्था आउनु भन्दा पहिला  नेपाले भारतसंग भन्न सक्नुपर्छ गोर्खाली फौज नेपाल र उस्का छिमेकि देशको बिरुद्य प्रयोग गर्न पाउने छैन । जुन बिषय नेपाल भारत , बेलायतसंगको सम्झौतामा पनि उल्लेख भएको छ । 

 भारतले नेपाललाई सिक्किम लिए जसरि लिन नसकेपनि भुटान जस्तो भारतमा निर्भर बनाउने प्रयास गरिरहेको छ । त्यसका लागि हाम्रा नेतृत्व बर्ग राष्ट्रप्रेमि, इमान्दार र हिम्मतिलो हुन आबश्यक छ । जुनकुरा अहिलेका नेताहरुबाट आस गर्न सकिदैन । त्यसैले यी पुराना नेता भारतीय दलाल साबित भइसकेकाले निर्बाचनबाट भएपनि यिनीहरुको बहिर्गमन अत्याबश्यक भइसकेको छ । अब सेता हात्तीका रुपमा रहेका प्रदेश राज्यहरु हटाइनु पर्छ । राजसंस्था सहितको हिन्दुराष्ट्र कायम राख्तै स्थानिय तहलाई ससक्त बनाउन आबश्यक छ । सानो मन्त्रीमण्डल र संसद बाहेकबाट बिशेषज्ञ सहितको मन्त्रीमण्डलको सरकार बनाउने गरि  दलहरु लागेमा नै अब धेरै जनताको सहयोग र समर्थन रहनेछ । भ्रष्टाचारी र बिदेशी दलालको नामोनिशान मेटाउने गरि संबिधान संसोधन गर्नेगरि  चुनाबमा जाने दलहरुले नै शासन सत्ता सम्हालने अबसर पाउनु पर्छ । नत्र नेपाली जनताले धेरै लामो समयसम्म नेपाल देश देख्न पाउन पनि कठिन हुने अबस्था आउँदैछ ।

पूर्ण ओली
चाबहिल सरस्वतीनगर, काठमाण्डौ
२०७८ माघ २९

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Purna Woli I am Retired Colonel. From Chabahil, Saraswatinagar, Kathmandu.