आखिर युद्ध जितेरै छाडियो
आखिर युद्ध जितेरै छाडियो !
सार्बजनिक काम ( पानी मुहान र जग्गा संरक्षण ) सम्पन्न भएको रकम भुक्तानी को एउटा फाईल वार्डमा ७ दिन बस्यो । कामको चाप होला बस्यो ठिक छ मेरो समय चाहिँ बार्बाद भएन भनेर चित्त बुझाईयो ।
७ दिनपछी माघ २ गते वार्डको सिफारिस लिएर फाईल महानगर पुराए।
माघ २ आईतबार ,
वार्डबाट फाईल फलानो बरिस्ठ इन्जिनियर भए ठाउँ पुर्याउनु भनेकाले महानगर पुगेर उहाँ सामु नै फाईल पेस गरें । बरिस्ठ इन्जिनियर साबले फाईल हेर्नू भो ल यो एकपटक तल योजना साखा फलानो इन्जिनियर साबलाई देखाउनु अनि यहि लिएर आउनु भनेर भनेपछी सम्बन्धित कार्यकक्षमा आए । कुर्सी खाली थियो । एक घण्टा कुरें । सोही साखाकी एक कर्मचारी संग मोबाइल नम्बर मागे । फोन गरेपछि इन्जिनियर साब बिदामा रैछ्न भन्ने थाहा लाग्यो । म काठमाडौं बाट फर्किदैं छु बाटोमै छु भोलि आउँछु अफिस । बिदा लिनु अस्वभाविक होईन तर बिकल्प ? कुर्ने कुरा भएन अनि घर फर्किए ।
माघ ३ सोमबार ,
११ बजे फाईल बोकेर महानगर पुगें । त्यो कुर्सी खाली नै थियो । अब त फोन न छ नि म संग ( फोन न नहुने सेवाग्राहीलाई कुर्नुको बिकल्प छैन म भन्दा नि घाँसी सेवाग्राही प्रसस्तै हुन्छ्न ) फोन गरें - खाना खान आएको छु ११:३० तिर आईपुग्छु भन्ने जवाफ पाएर हस भन्दै फोन राखे।
११:४४ मा उहाँ आईपुग्नु भो । खुशी लाग्यो । फाईल दिए । हेर्नू भो अर्को इन्जिनियर साबलाई देखाउँछु भनेर अर्को कोठा छिर्नु भो फाईल उतै छोडेर फर्किनुभो । भन्नुभो - एकछिन है ।
१५ मिनेट पछि फेरि सोधे - सर भयो ?
फलानो सर रामनगर साईड हेर्न गएर आएर हेर्छु भन्नू भा छ ।
ढिलाहोला जस्तो छ उसो भए म भोलि आउँछु सर ।
होईन होईन बस्नु कतिबेर लाग्छ र यसो हेरेर फर्किने त हो ! यस्तायस्ती काम सकिहाल्न पर्छ ।
ल त भनेर कुरें । कमजोर नै भएनी फ्री वाइफाई सुबिधा रैछ थोरै सहज भयो ।
कोहि साईड हेर्न जानुभो उहाँ चाहिँ गाडी चढेर खोप लगाउन जानू भो ।
दुईघण्टा देखि म यहिँ महानगर कुरेर बसिराछु। काम त कर्मचारीको मात्र हुन्छ सेवाग्राहीको अरु केही काम हुँदैन उनिहरुको नजरमा सेवाग्राही सब घाँसी हुन । तर पनि रिस उठेको छैन बुद्ध ज्ञान छ ???? ।
अहँ फिटिक्कै रिस राग केही छैन ।
सेवाग्राहीको दुख सास्ती एकातिर अर्कोतिर कामगर्ने ज्यालादारी श्रमिकको ज्याला रोकिएको छ । सबैभन्दा पीडा त्यो छ । कसले बुझ्ने त्यो पिडा। कर्मचारिलाई यसैगरी एकपटक सेवाग्राही बनाएर खटाउन पाए कसोगर्दा हुन भनेर सोच्न थालेँ ।
३:३० बजे साईड गएको पनि आउनुभो खोप लगाउन जानुभएको पनि आईपुग्नु भो । फाईल मिसप्लेस भएछ एकछिन फाईल खोज्न थालियो ।
भेटियो । दुबै इन्जिनियर साबलाई लिएर उहाँकै साधनमा कामको अनुगमन निरीक्षण गर्न आयौं । नाप जाँच भयो । ४ बजिसकेको थियो उहाँ अर्को साईड नि हेर्न छ भन्दै जानुभो । म एकजना भाइ संग आफ्नो साधान लिन महानगर गएं ।
माघ ४ मंगलबार ,
पौने ११ बजे कार्यालय पुग्दा सम्बन्धीत इन्जिनियरको कुर्सी खाली थियो । सोही कक्षको अर्को कुर्सिको इन्जिनियरलाई सोधे क्यान्टिन खाना खान जानुभएको छ आउनुहुन्छ, एकछिन बस्नुस । सवा ११ बजे सम्म आउनु भएन । आधा घण्टा त खान पक्कै लाग्दैन । अनि फोन गरे -
सर नमस्कार , कता हुनुहुन्छ ?
नमस्कार , म त फिल्ड मा छु नि वार्ड न १६ मा ।
म अफिस आएको थिए कति बजे आईपुग्नुहुन्छ त अफिस ?
एक बज्छ होला ।
ल सर म एक बजे आउँछु ।
हस म एक बजे आउँछु अनि काम अघि बढाउँला ।
म फर्किए । पुन एक बजे कार्यालय पुगें । १:०७ मा आईपुग्नु भो खुशी लाग्यो ।
फाईल हेर्नू भयो । उहाँले आफ्नो काम गर्दिनुभयो।
धन्यवाद भन्दै चार तला माथी अर्को बरिस्ट इन्जिनियरलाई भेट्न पुगे । कुर्सी खाली छ ।
कसैसंग फोन गरेर फोन न मागेर फोन गरें तल छु तल आउनुस भन्नुभो तल आए उहाँले फाईल हेरेर आफ्नो काम गर्दिनु भो हाकिम समक्ष लैजानुस भन्नू भो ।
धन्यवाद भन्दै हाकिम कक्ष अगाडि पुगें । कक्ष अगाडि पहिल्यै हाकिम भेट्न खोज्नेको भिड थियो । सोधें । हाकिम साब मिटिङ्गमा । १:३० भएको थियो । मिटिङ्गको समयावधि थाहा छैन । २ बजे सम्म कुरे । केही सेवाग्रागी आक्रोसित थिए कोहि बिहान देखि कुरेको खै के हो के हो भन्दै निरास थिए ।
म चाहिँ अब कुर्न सक्दिन भनेर फर्किए ।
माघ ५ बुधबार ,
११:४५ मा महानगर पुगे । हाकिम साबको कक्षमा फाईल बुझाए।
१२ बजे फाईल आर्थिक प्रसासन साखाको लागि भनेर हाकिम साबको सिफारिस लिएर निस्कियो ।
छेउमै रहेको आर्थिक प्रसासन साखा को कुर्सी खाली छ।
उहाँ १ बजे आउने कुरा थाहा पाएर निस्किए ।
१:३० बजे पुन कार्यालय पुगे कुर्सी खाली नै छ । उहाँ नगर प्रमुख संग मिटिङ्गमा हुनुहुन्थ्यो संगै धुर्मुस पनि उहीँ रहेछ्न उनलाई नि कति तनाब छ बरा अहिले ।
कुर्नै पर्यो २ बजे निस्किनु भयो । फाईल लिएर कार्यकक्ष पुगें । फाईल को पहिलो टिप्पणी आदेश हेरेर ठाडो जवाफ आयो - यो खै बजेट छैन यस्तो फाईल लिएर नआउनु । कर्मचारीको शैली चित्त बुझेन ।
म एकछिन बसिरहे उहाँ अरु फाईल हेर्दै हुनुहुन्थ्यो । अरु फाईल हेरेर सकेपछि पुन सोधे मैले कुरा बुझिन सर बुझाईदिनु त ।
सम्झौता बमोजिम काम भैसकेको छ अघिल्लो बर्सको कार्ययोजना हो कोभिडले काम ढिला हुनपुग्यो । भुक्तानी बाँकी छ ।
त्यसपछि उहाँले पुन फाईल पल्टाएर भन्नुभो योजनामा गएर भुक्तानी बाँकी छ छैन देखाएर ल्याउनुस ।
योजनामा आएँ । कुर्सी खाली छ । एकजना सहयोगि भाइ भेटिए । भाईले सम्बन्धित कर्मचारीलाई फोन गर्नुभो उहाँ बैंक जानू भएको रैछ ।
फाईल मेरो टेबलमा राखिदिनु म आएर हेर्छु नि भन्ने जवाफ पाएपछि फाईल टेबलमा राखेर उहाँको आगमनको प्रतीक्षामा बसें।
३:३० मा उहाँ आईपुग्नु भयो । सोधेँ । आज अब भ्याईदैन । फलानो सर पनि हुनुहुन्न उहाँ नभै हुँदैन । म बनाएर भरेर राख्दिन्छु भोलि आउनु है त। मान्नै पर्यो हस म भोलि आउँछु भन्दै निस्किए ।
माघ ६, बिहिबार
११:२५ मा कार्यालय पुगें ।
हिजो बनाएर राखिदिन्छु भनेको अनुगमन तथा मुल्यांकन प्रतिबेदन रहेछ । प्रतिबेदन भरिवरी तयार रहेछ तर सम्बन्धीत ३ जना इन्जिनियरको हस्ताक्षर ग
What's Your Reaction?






