आखिर यत्ति गर्न  किन सक्दैनन् नेताहरु ? भाग १ 

Jan 29, 2022 - 06:40
Jan 29, 2022 - 06:39
 0

 आखिर यत्ति गर्न  किन सक्दैनन् नेताहरु ? भाग १ 

पहिला कुरा राम्रोसंग के बुझ्नु पर्यो भने बिकास गर्न नेपालसंग पैसा छैन त्यसैले बिकास गर्न सकिन्न भन्ने कुरा प्राय सुन्छु त्यो कथननै गलत छ। कुनै पनि देस बिकास हुने पैसा छापेर होईन, बिकास गर्दै गए पछि पैसाको मात्रा अलि अलि बढ्दै गएर साथै पैसाको घुम्ने गतिमा बृदी भएर अर्थतन्त्र ठुलो हुने हो। बिदेसी पैसा जाने भन्दा आउने क्रममा बृदी भयो भने बजारमा नेपालि पैसाको बृदी हुने हो जस्तै हामीले निर्यात बडाईयो भने बिदेसी पैसा आउछ त्यो केन्द्रीय बैंकमा रहन्छ र केन्द्रीय बैंकले निर्यातकर्तालाई नेपालि पैसा दिन्छ अनि निर्यातकर्ताले उत्पादकलाई दिन्छ अनि उत्पादकले कामदारलाई दिइनै रहेका हुन्छन यसरि निर्यात बढ्दा बित्तिकै नेपालि पैसा सारा जनताले काम पाएर उनीहरुसग पुग्छ र उनीहरुले फेरी आफ्नो सुबिधाको लागि सामान किन्ने क्रममा आयातित सामान बडी किने भने अब सारा नेपालि पैसा केन्द्रीय बैंकमा थुप्रिन्छ र बिदेसी पैसाले आयात गरिन्छ र बिदेसी पैसा रित्तिदै जान्छ अनि बाणिज्य बैङ्क र जनतासंग नेपालि पैसानै कम हुन पुग्छ। त्यसैले कुनै पनि देसको अर्थतन्त्र ठुलो हुन आफ्ना जनतासंग पैसानै पैसा हुन आफ्ना साधान र स्रोतको प्रयोगलाई बडी जोड दिनु पर्छ र आफ्ना बस्तुको खपतलाई बढाउनु पर्छ। यो माथिको कुराबाट के बुज्न सकिन्छ भने हामीले बिदेसी कच्चा पदार्थ र अन्य बस्तु जुन नेपालमा हुदाहुदै पनि आयात गरियो भने बिदेसी पैसा सकिन्छ अनि नेपालि पैसा केन्द्रीय बैंकमा थुप्रिन्छ त्यसैले देस भित्र लगानी बृदी गरेर बिकास गर्न सकिदैन। कुनै पनि देसले दुर्त गतिमा बिकास गर्न नसक्नुको कारणनै यहि हो किनकि बिकास गर्न लगानी बडाउन पर्यो लगानी बडाउदा बित्तिकै मान्छेले रोजगार पाएर पैसा पाउछन अनि त्यहि पैसाले गतनपतका कुरा आयात गरेर जनतालाई बिक्री गरियो भने आयात धान्न नसकेर बिदेसी पैसा सकिदै जान्छ त्यस्तो बेला बाणिज्य बैन्कसग पनि पैसा हुदैन र लगानीको क्रमनै रोकिन पुग्छ त्यसैले यो अबस्थालाई ब्यबस्थापन गर्न निम्न कुरामा ध्यान दिन आबस्यक छ। 


१, गतनपतका चिजको आयातमा कडाई नीति। फेरी यहाँ केहि बुज्रुकहरु कराउन थाल्छन आयातमा कडाई गरेर राजस्व घट्यो भन्दै त्यसमा सत्यता छैन। गतनपतका चिज आयात रोकेर घटेको राजस्व आवस्यक र गतिला चिज आयात गर्दा बढ्छ अनि गतनपतका चिज आयात नगर्दा ति चिज नेपालमा बडी उत्पादन हुन्छ त्यताबाट पनि राजस्व बृदी हुन्छ त्यसैले सत प्रतिसत खुल्ला बजार पनि घातक सिद्ध हुन्छ भन्ने कुरामा नेताले आफै बुज्नु होला। उदाहरणबाट प्रस्ट पारौ नेपालमा सिमिण्ट बनाउन चुनढुंगा छ मानौ १ अर्बको चुनडुंगा आयात गरियो जसको भन्सार कर १०% छ भने हामीसग १ अर्बको चुनढुंगा भयो राजस्व १० करोड उठ्यो यत्ति हुन्छ नि है। अब हामीले चुनढुङ्गा नेपालकै निकालियो अनि त्यो १ अर्बले फलाम आयात गरियो भने हामीसाग फलामबाट भन्सारमा राजस्व आईहाल्यो अनि नेपालमा चुनढुङ्गा निकाल्दा हजारौले रोजगार पाए अनि तिनले खर्च गर्दा फेरी आर्थिक बृदी हुन्छ यसरि हामीले आफ्नो  Resource को प्रयोग गर्दा बित्तिकै त्यसको ठुलो प्रभाब हुन्छ अब हामीसंग १ अर्बको फलाम १ अर्बको चुनढुङ्गा गरेर २ अर्बको सामान भयो।  आखिर बिकास भनेकै आबस्यक सामान र सेवा देसभित्र बडी हुनु हो।  देसभित्र बडी सामान र सेवा भए सबैको भागमा बडी पर्ने हो त्यसैले संसारमा त्यस्तो देस छैन जसले आफ्नो Resources को प्रयोगलाई जोड नदिई बिकास गरेको होस्। यहाँ १ अर्ब चुनढुंगाको मात्रै कुरा होईन बार्षिकरुपमा आउने ९ खर्ब रेमिटान्स मध्ये करिब ७०% हामीले त्यस्तै गतनपतका चिज आयात गरेर सकेका छौ त्यस्तालाई टाइट नीति लिएर देसभित्रनै उत्पादन नीति लिदा बित्तिकै ३,४ गुणा बडी ठुलो अर्थतन्त्रको आकार हुन् समयनै लाग्दैन। 

२, आन्तरिक बजारको ब्यबस्थापन। 
हामीले हाम्रो बजारलाई ब्यबस्थित गर्न नसक्दा हाम्रा सामान बिक्री भएनन् अनि उत्पादकले मुल्य नपाएर घाटा खाएर पलाएन हुन पुगे र हाम्रो Resource  को प्रयोग भएन, जब आफ्नो Resource प्रयोग बिहिन हुन पुग्छ तब जनता बेरोजगार हुनेनै भए। आजकल नेपालमा समाजबाद र समानताको कुरा खुब उठेको छ तर त्यसको लागि बजार ब्यबस्थापन गर्दै त्यो लक्ष्यतिर जाने हो भन्ने कसैलाई थाहानै छैन थाहा भएको भए त सबै समाजबादीहरु सरकारमा छन् Day १ देखि काम गर्न सकिन्थ्यो नि केहि छैन त्यहि उठेको राजस्वलाई कागजी प्रक्रीया मिलाउनैमै मन्त्रीलाई सकस छ भने अनि कसरि समाजबाद आउछ र देस सम्पन्नशाली बन्छ ? आन्तरिक बजार ब्यबस्थापन गर्ने भनेको धेरै भन्दा धेरैको शेयर लगानीमा हरेक सहर र गाउमा बिक्री केन्द्र खोल्ने हो। 

३, निर्यात बृदिमा जोड 
निर्यात गर्न एक बस्तु गुणस्तरिय हुनु पर्यो अर्को लागत कम हुनु पर्यो बल्ल निर्यात बडाउन सकिन्छ त्यसको लागि सरकारले देसभित्र त्यो काम गरेर छिमिकी देसलाई सम्झाउन जानु पर्यो चाईनाले त कुरा बुजेको छ किनकि आयात निर्यातको कुरा नबुजि त्यो रफ्तारमा बिकास गरेर गरिबी निर्मुल पार्ननै सकिदैन तर यी भारत, बंगलादेस र पाकिस्तानलाई मेसै छैन उही हाम्रो जस्तै पारा छ त्यसैले उनीहरुलाई नेपालि सामानलाई तिमीहरुको बजारमा सहज प्रबेस दिनु पर्यो यहाँ निर्यात गरेर नेपालले जति पैसा कमाउछ फेरी त्यो पैसाले यहीबाट आयातनै गर्ने हो त्यसैले दोहोरो फाइदा हुने भएकोले हाम्रा बस्तु तपाइहरुका हरेक सहरमा पुगुन भनेर सम्झाउन जरुरि छ। यति गरे पछि निर्यात बड्दै जान्छ अनि हामीले पनि राम्रा र अति आबस्यक कुराको निर्यातलाई बदाउदै गए पछि बल्ल ठुलो आर्थिक फड्को मार्ने हो। 

४, चुरो कुरा 
हाम्रा Resource प्रयोग बिहिन, मान्छे बेरोजगार हुनु भनेको उत्पादन कम हुनु र बजार ब्यबस्थापन नहुनु हो त्यसैले हामीले उत्पादन, उत्पादकत्व बडाउने र बजार ब्यबस्थापनमा जोड दिन आबस्यक छ। खुल्ला बजार र प्रतिस्पर्धाले सबै ठिक हुने भए अहिले नेपालमा यति बिधि गरिबी, अभाब र बेरोजगार किन छ त ? सबै राज्यले कब्जा गरेर ठिक हुने भए नर्थ कोरियामा गरिबी किन छ त ? दुबैले एक्ला एक्लै गरेर हुने चिजनै होईन। बज़ार अति प्रतिस्पर्धा भयो भने पनि लगानी फस्ने र लागत बड्ने स्थित हुन्छ अनि मनोपोली भयो भने मूल्य बृदी भएर सिमित व्यक्तिले अथाहा कमाउने हुन्छ, त्यसैले यी दुवैका राम्रा र खराब पक्ष छन् यी दुबैको बिचबाट सहि विकल्प निकालर  हामीले हाललाई कम्तिमा हाम्रो कृषि र उधोगमा प्रयोग गरेर हेर्न सकिन्छ। 

खास कुरा काम गर्न सक्ने मान्छेले काम पाउने र उक्त काम गर्दा आएको पैसाले बजारमा सामान र सेवा किन्न पुग्नु पर्ने हो। अब कति किन्न सक्ने भन्दा अल्लि बडी पढेर काम गरेको छ भने अल्लि धेरै सामान सुबिधा किन्न सक्छ भने नपढी गरेको कामबाट आउने पैसाले कम सामान सुबिधा किन्न सक्छ यो कुरामा समानाता बनाउन सकिदैन केवल भिन्नता कम गराउन भने अबस्य सकिन्छ र बनाउनु पनि पर्छ किनकि हरेक सामानको मुल्य भित्र व्यक्तिको तलब हुन्छ अब एउटालाई अधिक बडी दिएर अर्कोलाई कम दिदा बित्तिकै  एउटाले बैंकमा बचत गर्छ भने अर्कोले त्यहि सामान किन्न बैङ्कबाट ठुलो रकम कर्जा लिनु पर्ने हुन्छ त्यसैले अबको तलब भिन्नता अधिकतम १५ गुणा भन्दा बेसी नहुने तरिकाले पब्लिक कम्पनि मोडेलमा लैजानु पर्छ। 

चुरो कुरा भनेको मेसिन जडान गर्ने कच्चा पदार्थ हाल्ने सामान निकाल्ने र मान्छेको बस्ति नजिकै लगेर सामान बिक्रीको लागि राख्ने हो, अब त्यो सामान मान्छेका लागि प्रयोगयोग्य हुनुपर्यो, गुणस्तरिय हुनुपर्यो र मूल्य पनि श्रमिकले पनि किन्न सकिने खालको हुनु पर्यो, खास मिलाउन पर्ने यत्ति हो यसका लागि अब पैसाको प्रचलन भएको कारणले पैसा नभई कसैले मेसिन दिदैंन, पैसा नदिई कोहि आएर काम गर्दिदैन, पैसा नदिई कसैले कच्चा पदार्थ पनि दिदैनन त्यसैले अब पैसा चाहियो। अब पैसा कि सरकारले हाल्छ कि नाफा कमाउने ब्यबसायीले हाल्छ। सरकारले हाल्दा सरकारका मान्छेले हरेक सरकारी सस्थाबाट कसरि भ्रमलुट मच्चाईरहेका छन् तपाईहामिले देखेकै कुरा हो केरे त्यसैले अब सरकारले ब्यबसायिक संस्था चलाउन पर्छ भनेर सोच्नै परेन गर्ने निजि क्षेत्रलेनै हो तर हाम्रो निजि क्षेत्र पनि कर छल्ने र हुण्डी गरेर बिदेसी पैसा थुपारेर देस खोक्रो बनाएको देखेकै छौ केरे। अनि निजि क्षेत्रमा अनाबस्यक प्रतिस्पर्धा अनि आफ्नो सामान बेच्न तछाडमछाड गर्दा उत्पादन लागत भन्दा  बिज्ञापन लागत बडी हुन्छ आजकल।  बिज्ञापनमा हुने खर्चबाट ठुलो रकम सिमित व्यक्तिमा पुग्छ र अरुलाई चर्को मुल्य परिरहेको छ। साथै बजारका महंगा घरका भाडाले पनि ठुलो पैसा सिमित व्यक्तिमा थुप्रिएको छ भने अरुलाई त्यसको मुल्य भार परेको छ यो त नेपालमा मात्रै होईन संसारका सबै देसमा त्यो खालको भद्रगोल छदै छ मिलाउन सकेका पनि छैनन् र सक्दा पनि सक्दैनन् तर हामीले केहि हदसम्म मिलाएर लान भने सकिन्छ। 

पुंजी हालेर ब्यबसाय गरे पछि घाटा लागेर डुब्ने रिस्क सधै रहन्छ, त्यो घाटा भनेको दुई प्रकारले सृजना हुन्छ, एक मनपरि खर्च गरे पछि बस्तुको लागत बडी हुन्छ र बजारमा बिक्री हुदैन अनि  घाटा लाग्छ, अर्को खर्च एकदम आबस्यक मात्रामा मात्रै गरिएको छ, तैपनि बजारमा अन्य प्रतिस्पर्धीले त्यो भन्दा पनि कममा बेचेका छन् भने, त्यो अबस्थामा पनि घाटा लाग्ने हुन्छ। अब ति प्रतिस्पर्धीले त्यो भन्दा कम मुल्यमा बेच्न कि आफुले भन्दा ठुलो मात्रामा उत्पादन गरेको हुनु पर्छ, कि उच्च स्तरको प्रबिधि ल्याएको हुनुपर्छ,  कि गुणस्तरमा  गिरावट गरेको हुनुपर्छ कि बजार कब्जा गर्ने रणनीतिले प्रतिस्पर्धीलाई बजारबाट हटाउन आफुले घाटा खाएर बेचेको हुनुपर्छ। यसरि बजारमा कसैको रणनिति चल्छ, गुणस्तर नभएका सामान आउछन, बिज्ञापनमा धेरै खर्च गरेका सामान आउछन आखिर यी सबको मार त आम जनतालाई पर्यो। त्यसैले अबको बिकल्प भनेको सबैको होस पुगेको र सबैको पहुँच पुग्न सक्ने बजारको निर्माणमा जुट्नु पर्ने हुन्छ ताकि सिमित व्यक्तिले बजारलाई प्रलोभन देखाएर ठगि धन्दा चलाउन नसकोस, ठगि धन्दा नचलाओस भनेर अरुलाई गालि गर्ने तर आफुले पनि केहि बिकल्प दिन नसक्ने नेपालका मार्क्सवादी जस्तो हुनु भएन, सहि विकल्प ल्याएर सबै मान्छेलाई बजारमा पहुच पुराउने किसिमको हुनुपर्यो। 

मान्छेलाई चाहिएको सामान र सेवा हो, ति चिज बनाउनको निम्ति आबस्यक Resources पनि त्यहि छ, काम गर्न जानेका मान्छे पनि त्यहि छन्, अनि प्रयोग गर्ने पनि तिनैले हो अब यस्तो  अबस्थामा पनि मिलाउन नसक्नु भनेको  पैसा भनेको के हो कुरै नबुज्नु हो। 
अब ति आबस्यक सामान र सेवा कुनै एउटा वा दुईटा आबस्यक भन्दा अधिक धेरै बनाईयो भने पनि बिक्री नभएर समस्या पैदा हुन्छ, अनि कम बनाईयो भने पनि नपुगेर समस्या हुन्छ त्यसैले मान्छेलाई कति मात्रामा के के चाहिएको छ, त्यो त्यो बनाउदै बनाउदै जाने हो, यो बनाउनेदेखि उपभोग गर्दासम्म अनेकौ प्रकारका चोर फटाहा मान्छेहरु पनि संलग्न हुन्छन, ति चोर फटाहाले कुनै किसिमले अनुचित फाईदा उठाउन नसकुन भनेरै हरेक कुरामा प्रविधिको प्रयोग गरेर त्यस्ता हुन सक्ने ठगिका कुरालाई रोक्ने हो बल्ल सबैको भागमा अल्लि बडी पुग्ने हो। यहाँसम्म आउदा धेरै कुरा बुज्नु भयो अब सरकारलाई पनि जिम्मा नदिने अनि प्रमुख निजिकर्तालाई पनि जिम्मा नदिएर आम जनतालाई पुंजीमा सहभागिता गराउदै बजार कब्जा गरेर मनोपोली जस्तै गराएर मुल्य पनि कम र गुणस्तर पनि उच्च गराउने के मोडल होलात ? जान्नको लागि यो लेखलाई सबैले शेयर गरेर भाईरल बनाउनोस बल्ल म संसार चकित हुने मोडेल बारेमा लेख्छु। दुख्ख गरेर लेख्छु अनि खासै मान्छेले पढेनन कुरा बुजेनन भने मैले किन लेख्नु ? त्यसैले मैले यस्तो तरिका लेख्छु कि मान्छेले धेरै मेहनत गर्ने पर्दैन अलि अलि काम गरे मजाले आबस्यक सामान सुबिधा लिन पुग्छ, आखिर हाम्रो सारा संघर्ष त्यहि सामान र सुबिधाको प्रयोगको लागि होईन र? त्यत्तिको लागि अहिले जस्तो नचाहिदो दौडदुप आबस्यकनै छैन केवल उचित ब्यबस्थापन भए पुग्छ। बाकि भाग २ मा। 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Padam Prasad Chalise I am an independent-self motivated writer. I have a dream to end poverty in the world. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register