नेपाल अमेरिकासँग फेरि पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग फेरि पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३७ रनले पराजित भएको हो । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित हुन पुग्यो । अमेरिकाको डालसस्थित ग्रान्ड पेरी क्रिकेट रंगशालामा नेपाल ४९.५ ओभरमा अलआउट भएको हो । नेपालका तर्फबाट […]

Nov 3, 2024 - 01:21
 0
नेपाल अमेरिकासँग फेरि पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग फेरि पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३७ रनले पराजित भएको हो ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित हुन पुग्यो ।

अमेरिकाको डालसस्थित ग्रान्ड पेरी क्रिकेट रंगशालामा नेपाल ४९.५ ओभरमा अलआउट भएको हो ।

नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा सर्वाधिक ५२ रन जोडे भने सोमपाल कामीले ४६ रन बनाए । अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।

यसैगरी दीपेन्द्रसिंह ऐरीले ३१, कुशल भुर्तेल र कुशल मल्लले २९–२९, आरिफ शेखले २१ रन बनाए । अमेरिकाका सौरभ नेत्रावलकरले सर्वाधिक ४ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

अमेरिकाका लागि ३ खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन जोडे । यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे ।

नेपालका तर्फबाट गुल्शन झाले ३, सोमपाल कामी र सन्दीप लामिछानेले समान २ र कुशल भुर्तेलले १ विकेट लिए ।

नेपाल यसअघिको पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । यो दोस्रो हार हो । दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।

नेपाल तालिकाको सातौँ स्थानमा रहेको छ । नेपालको ११ खेलमा पाँच अङ्क छ । १२ खेलमा १६ अङ्कका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register