नुसानको आयोजनामा उद्यमशीलताबारे छलफल सम्पन्न

काठमाडाैं । नेपाल युएस एलुम्नी नेटवर्क (नुसान) ले विश्व उद्यमी सप्ताहको अवसरमा शनिबार ववरमहलस्थित किंग्स्टन कलेजमा एक उद्यमी मेला २०२४ कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा नेपालमा उद्यमशीलताको संभावना विषयमा छलफल, खाना उत्सव तथा सांगीतिक प्रस्तुतीको आयोजना गरिएको थियो । सो छलफल कार्यक्रमका सहभागीहरुले नेपालमा व्याप्त वेरोजगारीको समस्या समाधान गर्न र युवाहरुलाई आर्थिकरुपमा सक्षम […]

Nov 23, 2024 - 15:10
 0
नुसानको आयोजनामा उद्यमशीलताबारे छलफल सम्पन्न

काठमाडाैं ।

नेपाल युएस एलुम्नी नेटवर्क (नुसान) ले विश्व उद्यमी सप्ताहको अवसरमा शनिबार ववरमहलस्थित किंग्स्टन कलेजमा एक उद्यमी मेला २०२४ कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा नेपालमा उद्यमशीलताको संभावना विषयमा छलफल, खाना उत्सव तथा सांगीतिक प्रस्तुतीको आयोजना गरिएको थियो । सो छलफल कार्यक्रमका सहभागीहरुले नेपालमा व्याप्त वेरोजगारीको समस्या समाधान गर्न र युवाहरुलाई आर्थिकरुपमा सक्षम बनाउन युवा उद्यमी प्रवध्र्दको आवश्यकतामा जोड दिए ।

वक्ताहरुले सो छलफल कार्यक्रममा व्यक्तिमा रहेको संभावित सिर्जनात्मक क्षमताको विकासको निम्ति उद्यमशीलतालाई प्रोत्साहित गरिनुपर्ने आवश्यकता औंल्याए । पत्रकार शिवानी थापा सहजकर्ता रहेको सो छलफल कार्यक्रममा मिस नेपाल वल्र्ड आस्मा के।सी।, स्वस्तिश्री गुरुकुल स्कुलका प्रिन्सिपल नेहा के.सी., योंग इन्नोभेसनका अध्यक्ष विभूषण विष्ट र हेल्थ एट होमका संस्थापक विशाल ढकालले युवा उद्यमशीलताको महत्व तथा त्यसका चुनौतिहरुमाथि प्रकाश पारेका थिए ।


नुसानका अध्यक्ष प्रवीणा अमात्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अमेरिकी दूतावासका पब्लिक एफेयर्स प्रमुख मिखायल हर्करले नेपाली युवाहरुमा उद्यमशीलताको विकासनिम्ति आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको विचार व्यक्त गरे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register