अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट

काठमाडौँ । भारतीय उद्यमी गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेपछि बिहीबार अदानी समूहको शेयरमा ठूलो गिरावट आएको छ । अहिले अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बम्बई स्टक एक्सचेन्जमा अडानी इनर्जी सोलुसन लिमिटेडमा १९.५० प्रतिशतको सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजमा १८.७६ […]

Nov 21, 2024 - 11:46
 0
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट

काठमाडौँ ।

भारतीय उद्यमी गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेपछि बिहीबार अदानी समूहको शेयरमा ठूलो गिरावट आएको छ । अहिले अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बम्बई स्टक एक्सचेन्जमा अडानी इनर्जी सोलुसन लिमिटेडमा १९.५० प्रतिशतको सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजमा १८.७६ प्रतिशत, अदानी ग्रीन इनर्जीमा १६.५६ प्रतिशत र अदानी पोर्ट्समा ११.९४ प्रतिशतले गिरावट आएको छ ।

गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । अडानीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको छ ।

तर, अडानी समूहले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूलाई अस्वीकार गर्दै सबै कानुनी विकल्प खोजिने बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register