राहदानी विभागको सिस्टम ह्याकरको कब्जामा, अनिश्चितकालका लागि काम स्थगित !

काठमाडौँ । राहदानी वितरणको कार्य अनिश्चितकालका लागि बन्द भएको छ । राहदानी विभागको सिस्टममा समस्या आउँदा नयाँ राहदानी वितरणको काम अनिश्चितकालका लागि बन्द भएको हो । राहदानी वितरणको काम ठप्प हुँदा तत्कालन पासपोर्ट लिएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु मर्कामा परेका छन् । यता राहदानी विभागले भने आइतबारसम्म समस्या समाधान गरी सेवा सुरु गर्ने प्रयास […]

Nov 22, 2024 - 11:53
 0
राहदानी विभागको सिस्टम ह्याकरको कब्जामा, अनिश्चितकालका लागि काम स्थगित !

काठमाडौँ । राहदानी वितरणको कार्य अनिश्चितकालका लागि बन्द भएको छ । राहदानी विभागको सिस्टममा समस्या आउँदा नयाँ राहदानी वितरणको काम अनिश्चितकालका लागि बन्द भएको हो ।

राहदानी वितरणको काम ठप्प हुँदा तत्कालन पासपोर्ट लिएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु मर्कामा परेका छन् ।

यता राहदानी विभागले भने आइतबारसम्म समस्या समाधान गरी सेवा सुरु गर्ने प्रयास भइरहेको बताएको छ । विभाग स्रोतका अनुसार सिस्टमका केही कम्प्युटर सफ्टवेरमा मालवेयर छिरेको थापा पाएपछि पूरै सिस्टम जोखिममा नहोस् भनेर तत्कालका लागि सबै सिस्टम बन्द गरिएको हो ।

सिस्टम बन्द हुँदा राहदानी वितरणको काम बिहीबारदेखि नै ठप्प छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register