समुद्रपारिको रमाइलो यात्रा । ( फोटो फिचर सहित । )

Nov 13, 2024 - 15:07
Nov 14, 2024 - 07:35
 0
   समुद्रपारिको रमाइलो यात्रा । ( फोटो फिचर सहित । )

       

     

कार्तिक २८,काठमाडौं । २०८१ को विजया दशमी नजिक आइ रहेको थियो ।मलाई भने अलिक छटपटी, अलिक दिक्क जस्तो मनमा अलिक असहज भइरहेको थियो । त्यसपछि म नियमित कन्सल्ट गरेको डा.आशिषलाई भेटन  गए ।उहाँले समय मिल्छ भने कतै देश वा विदेशतिर नयाँ ठाउँमा घुम्न जान सल्लाह र सुझाव दिनु भयो । 
त्यसपछि आफनो देशमा बाढी पहिरोले लथालिड. पारेको अवस्थामा आफनो देशमा सुरक्षित स्थानमा घुम्न जान संभव नभए पछि परिवारको सल्लाह पछि हामी काठमाडौंको दरवार मार्गमा रहेको गुरु ट्राभल्सको   प्याकेजमा तीनवटा देश मलेशिया, सिंगापुर र थाइल्याण्ड घुम्न निस्कियो ।
ट्राभल्स एजेन्सीको प्याकेज अनुसार  हामी अक्टुवर १४,२०२४ को राति ८ः५५ बजे काठमाडौको त्रिभुवन विमानस्थलबाट मलेशियाको क्यालालामपुरको लागि बाटिक एयरको फल्याइट नं ओडी ०१८१ बाट मलेशियाको क्यालालामपुर प्रस्थान गन्यो । हाम्रो हवाई जहाज निर्धारित समय भन्दा बीस मिनट अघिनै क्यालालामपुरको अन्तराष्ट्रिय बिमानस्थलमा  अवतरण गन्यो । बिमानस्थल सारै ठुल्यो रहेछ । मलेशियाको भव्य एपरपोर्टमा अलमल्लिदै बोर्ड हेर्दै हामीलाई बिमानस्थलबाट इमिग्रेशन पुग्नलाई झनै आधा घण्टा समय लाग्यो । एमिग्रेशन क्लियर गरेर पासपोर्टमा मलेशियाको छाप लगाए पछि हामी सामान लिएर बाहिर निस्कियो । बाहिर टेक्सी स्टेण्डमा एकजना चाइनिज ड्राइभर हामीलाई पख्रि रहेको रहेछ । उसले हामीले उसलाइ पठाएको तीनजनाको फोटो देखायो र हामी ट्राभलले पठाएका यात्री कन्फर्म भएपछि हामीलाई लिएर ऊ हाम्रो होटलतर्फ हिडयो र करिब ४५ मिनटको यात्रा पछि हामी ःक्यालालामपुरको मस्जिद जामेक  चौकमा रहेको सिटिन होटलमा  विहान ५ः४५ बजे आई पुग्यो । हामी विहानै होटलमा पुगेकाले हामीले पहिलानै भने अनुसार नेपाली रु ५५०० दिएर एयरली चेक इन गरि पाँचौ तल्लामा रहेको हाम्रो कोठा नं ५०४ मा सामान राखौ र ७ बजे विहानको होटलबाट उपलब्ध गराउने विहानको नास्ता पनि खायो । रातभरिको हवाई जहाजको यात्रा र अनिदो  र थकाइले गर्दा हामी करिब अढाई घण्टा होटलमा सुतौं । र दश बजे हामीलाई होटलबाट टेक्सीले टाइम स्कवायरसम्म पुन्यायो । त्यहाँबाछ हामीलाई  ट्राभल एजेन्टले अरु यात्रीसंगै हाफ डे सिटी ट्रुरमा लग्यो । मलेशियामा विहान आगमनसंगै हामीलाई पानीले स्वागत गन्यो । मलेशियामा दैनिक जसो पानी पर्नु स्वाभाविक रहेछ ।अझ अक्टुवर, नभेम्बर र डिसेम्बर महिनामाचैं पानी असाध्ये पर्दौ रहेछ । हामीलाई टाइम स्वायरमा बस कुुरि  रहेको बेला त्यहाँ सुरक्षामा तैनाथ नेपालको धादिङ्ग जिल्लाबाट आएर सुरक्षामा तैनाथ  एकजना सेक्युरिटी भाइले तीनवटा छाता दिएर सहयोग गर्नु भयो । हामीले छाताको पैसा दिन खोज्दा उनले लिन मानेनन । हामी टाइम स्वायरबाट करिब १०ः३० बजे कयालालामपुर शहर घुम्न निस्कियों । मलेशियामा खण्ड बृष्टि हँुदो रैछ ।कतै बर्षा भने कतै घाम लागि रहेको हँुदो रैछ ।

त्यँहाको राजाको पुरानो काठमो दरवार, हेर्दा हाम्रो बसन्तपुर, भक्तपुरमा देखेको पुरानो दरवारको  झल्लको  आयो । पुरानो चकलेट फेक्टी लग्यो । त्यहाँ धेरैजनाले त्यहाँ उत्पादित विभिन्न परिकारका चकलेट पनि किने । मैले पनि केही चकलेट किने । त्यसपछि  पुरानो संग्रहालय हँुदै  अन्त्यमा हामीलाई १०२ तल्ले पेट्रोन्यास टाबर भएको ठाउँमा पुन्यायो  । त्यहाँ दुवै टावरको फोटो आउने गरि आइफोनबाट फोटो खिच्ने फोटोग्राफर प्रशस्त्र हँुदा रैछन । हामीले एकजनाको मलेशियन ५ रिंगिट तिरेर तीने जनाको छुटटाछुटटै फोटो खिचेम  ।

त्यो १०२ तल्लाको पेट्रोन्यास टइुन टावर सन १९९७ मा बनेको रैछ र ८८ तल्लाको एक टाबरको   तल्लबाट अक्रो  टाबरमा जाने बाटो रैछ । त्यो टाबरलाई  हामेली तलबाट   माथि  हेर्दा माथि पटिटको  बिल्डिङ्गमा  बादल लागि रहेको थियो । यसो हेर्दा मलेशिया त टावरै टावरको देश जस्तो लाग्यो प्राय  होटलहरु प्नि  गगन चुम्बी । मैले सोचेको मलेशिया धेरै फरक रहेछ । मलेशियामा भर्खरै जनवरी २०२४ मा ११८ (६७८.९ मिटर, २,२२७ फिट) अग्लो मरडेका नामको  विश्वको दोस्रो  अग्लो बिल्डिङ्ग बनेको रैछ ।यो महललाई मिनेरा वरिसन मरडेका पनि भन्दा रैछन । यो भवन दुवइमा जनवरी सन २०१० मा बनेको बुर्ज खलीफा भवन पछि दोस्रो अग्लो बिल्डिङ्गमा  पर्दो रहेछ ।यो मरडेका बिल्डिङ्ग हामी बसेको मसजिद जामेकमा रहेको सिटिन होटलबाट नजिकै देखिन्थयो । कवालालामपुरको हाम्रो पहिलो दिनको घुमाई झरीकै बिचमा भएको थियो । हामी सांझ ६ः३० बजे तिर हाम्रो होटल सिटिनमा फक्र्रियो र होटलसंगै रहेको पंजाबी रेस्टोरेन्टमा हल्का दाल रोटी र सब्जी खायो । राति ९ः३० बजेतिर सुतौं । मलाई निद्रा लागेन ।अनि मनमा कुरा खेल्न थाल्यो ।ति अग्लाब टाबरमा नेपालीहरुका रगत पसिनाले भरिएका घामले डडेका गोरखालीहरुको खुन पसिनाको मेहनत आफनै आखाँमा नाचि रह्यो । 
भोलिपल्ट हामी विहान ९ः३० बजे हामी पुन टाइम स्वायर तिर लाग्यो र त्यहाबाट हामी १०ः३० बजे कयालालामपुरको प्रसिद्ध दक्षिण भारतीइ मन्दिर बटुकेभमा लग्यो । पहाडको गुफामा रहेको यो मन्दिर आफैमा आश्यर्यजनक रैछ । त्यहाँ मँिन्दरको गुफा भित्र भगवान कार्तिकेयको मन्दिर रैछ । विशेष गरि भारतको तमिलनाडु बाट आएका श्रद्धालु भक्तजनहरुले त्यहाँ विशेष पुजा अर्चना गर्र्दा रहेछन ।  दक्षिण भारतीय शैली बनाएको गुफामाथि सिढी  बनाएर माथि मन्दिरमा कार्तिक भगवानको मुर्ति प्रतिस्थापन गरिएको  रैछ । जतिवेला पनि मैले फेरि एक पल्ट आफनो देशलाई सम्झिएर भावुक भए हाम्रो देशमा पनि कतिपय ठाउँमा  गुफा छन । हाम्रो देशमा रहेका  गुफाहरुलाई पनि प्रचार प्रसार गरे हामी पनि प्रकृतिका कति धनी हुने  थियौं । अग्ला गगन चुम्बी टावर र महलहरुमा नेपाली हातका छापहरुले कोरिएका रहेछन । ति नेपालीका रगत पसिना र खुटटाका पाइलाहरुकै छाप देखे ।

बटु केभको दर्शन पछि हामी जेनटिङ्ग हाइल्याण्ड केबल कारको यात्रा गर्न   लाग्यो । यो केबल कारको स्थापना  सन १९७५  तिर चिनिँया मुलका व्यापारी  लिम गोह तङ्गले गरेका थिए भने पछि यो केबलकारको आधुनिकीकरणको उदघाटन  २१ फरबरी,१९९७ मा तत्कालीन मलेशियाका प्रधानमन्त्री महाथीर मोहम्मदले गर्नु भएको थियो । क्वालालामपुर शहरबाट करिब ५१ किलोमिटर दुरीमा सेलानगोर पहाडमा अवस्थित यो केबल कार आपैmमा  अनौठो  रहेको छ । यो पहाडमा संसारकै सवैभन्दा ठुलो पाँचतारे जेनटिङ्ग हाइल्याण्ड होटल पनि  रैछ । जेन्टिङ्ग हाइल्याण्डमा ४/५ तल्ला अन्डरग्याउण्ड भवन, नसोचेको खेल तमासा, हजारौं मानिसको भीडभाड दखेर छक्के परियो । यो केबलकार परिसरमा हामीलाई  करिब चारघण्टा बिताउने अनुमति थियो । तर हामी दुइ घण्टामानै त्यहाँबाट फर्कियो । र  हामी तल केबलकार स्टेशनमा झरयो र पाँच बजे तिर अघि हामीलाई केबलकारमा लिएर आएको बसले क्वालालामपुरको  टाइम स्वायरमा ल्याइ पुन्यायो । सांझ ६ः३० बजेतरि हामी होटल फरकियो । आज हाम्रो मलेशियामा अन्तिम रात हो । 
भोलि पल्ट विहान सात बजे विहानको नास्ता गरे पछि हामी होटलबाट ९ः३० बजे सिंगापुर यात्राको लागि निस्कियो ।

हामी १५ र १६ अक्टोबरको दुइदिने मलेशियाको भ्रमण पछि १७ अक्टोबरमा सिंगापुर हिडने बेलामा क्यालालामपुरको टाइम स्क्यायरमा नेपालको खोटाङ्ग जिल्लाका एकजना राई थरका सुरक्षाकर्मी भेट भयो । उनले बताए अनुसार टाइम स्क्यायरको सो ४५ तल्ले बिल्डिङ्गमा झण्डै ७० जना नेपालीहरु सुरक्षा गार्डको काम गर्दा रहेछन । 

तर टाइम स्वायरबाट सिंगापुर जाने बस १०ः३० बजे आउनु पर्नेमा बल्ल बल्ल ११ बजे मात्रै  आयो र हामीलाई  लिएर सिंगापुर तर्फ लाग्यो । यात्रामा हामी तीनजना मेरो श्रीमान र बैनी (भदै)र म थियौं ।श्रीमान चाहिं रमाई रहनु भएको थियो । तर बैनी बेला बेला दिदी टाउको दुख्यो भन्थी । अनि कति सफा बाटो । हामी काठमाडौंबाट  गएको बाटीक एयरको भन्दा राम्रो सिटहरु । बस हिडने बाटोका दुवै तर्फ पामवैल र रबरहरुका बोटहरुले हामीलाई चारघण्टासम्म पछयाई रहेका थिए । पर देखिने ससाना पहाड लाइनको बोटले बेला बेला म थाकेर निदाएको महशुस गर्थे ।बीचमा खाना खाने ठाउँमा गाडी रोक्या । त्यो ठाउँमा हामीले खाना खाने परिकारनै  थिएन । नरिवल पानी बेच्ने ठाउँमा एकजना चाइनिज रहिछन । उनी अलि अलि अँग्रेजी बोल्दि रहिछिन ।उनले हामीलाई नेपाली भनेर चिनिन । त्यहाँ झण्डै १०—१५ जना नेपाली युवाहरुपो  काम गर्दा रहेछन । र हामीलाई नरिवलको पानी दिने युवा पनि सिराहाकै नेपालीपो थिए । हाम्रो बस मलेशियाको  जोहर बारुमा दिउसोको लन्च पछि करिब ४५ मिनटको लागि रोकिएको थियो ।  जोहर बारुमा दिउसो लन्च पछि हाम्रो बस करिब ४५ मिनट पछि मलेशियाको र सिंगापुरको बोर्डर  जोहर बारु आइ पुगयो । त्यहाँ पुगेपछि हामी हातमा पासपोर्ट बोकेर इमिग्रेसन अफिसरकोमा भिसा एगजिट लगाउन गयो । त्यहाँको प्रक्रिया सकिए पछि हामी पुन बसमा चडौं । बसले हामीलाई मलेशिया र सिंगापुर बिचमा रहेको समुद्र पार गन्यो र सिंगापुर तर्फको इमिग्रेशनमा पुन्यायो । हामी इमिग्रेशनको सम्पुणर् प्रक्रिया पुरा गरि पुन बसमा चडयो । बसले हामीलाई त्यहाँबाट झण्डै ५—६ किलोमिटर टाढा रहेको गोल्डेन माइल टाबर चौकमा लाइ दियो । त्यहाँ हामी करिब १ घण्टा बसे पछि हामीलाई त्यहाँको लोकल टेक्सीले सिंगापुरको टाउनसेन्ड रोडमा अवस्थित जे८ होटलमा पुग्यो । त्यो होटलबाट प्रसिद्ध भारतीय मार्केट लिटल इन्डिया करिब दश मिनटको दुरीमै रैछ । हामी होटलको कोठामा गएर आफनो सामान राखि सके पछि लिटल इन्डिया गयो । त्यहाँ  सैयद अली रोडमा रहेको करिब ९७ वर्ष पुरानो  

आर्य समाज मन्दिर  सिंगापुरका प्रचारक कमलाकान्त बहुगुणाले हामीलाई आर्य समाज मन्दिरमा स्वागत गर्नु भयो ।

सिंगापुरको सैयद अल्वी रोडमा अवस्थित आर्य समाज मन्दिर सिंगापुरको स्थापना सन १९२७ मा भएको रैछ । आर्य समाज मन्दिर  सिंगापुरका प्रचारक कमलाकान्त बहुगुणाले बताए अनुसार यस एैतिहासिक आर्य समाज मन्दिरमा सन १९३७ मा भारतका पहिलो प्रधानमन्त्री पं जवाहरलाल नेहरुले पनि भ्रमण गर्नु भएको थियो रे । अव आउने सन २०२७ मा यस मन्दिरले आफनो स्थापनाको स्वर्ण जयन्ति मनाउँदैछ ।

हामी उहाँसंगै त्यहाँ रहेको प्रसिद्ध मुस्तफा मार्केटमा घुमफिर गरौं र केही सरसामान खरीद पनि गन्यो । हामी त्यो लिटल इन्डिया माकेंटबाट करिब दश बजेतिर होटल आयौं । सिंगापुर एकदम सुरक्षित देश रैछ । अझ महिलाहरुको लागि त सिंगापुर शतप्रतिशत सुरक्षित देश रैछ । 
भोलिपल्ट विहान होटलमा नास्ता पछि हामीलाई गाइडले सिंगापुर फल्यार घुमाउन लग्यो । सिंगापुरको सो क्षेत्रमा लण्डन आई जस्तै माथिबाट पुरै सिंगापुरलाई हेर्न सकिने  सिंगापुर फल्यार बनाइएको रैछ ।

सिंगापुर फल्याइआरमा फोटो सुट र केही समय बिताए पछि हामी सिंगापुरको मेरिना बे हेर्न गयो ।

त्यहाबाट देखि रुख आकारमा बनेको ५७ तल्ले तीनवटा मेरिना बे सेन्ड होटल सिंगापुरको विशेष आकर्षण रहेछ । लाइनै बनेका तीनवटा होटललाई माथि लामो सुतेको जस्तै छानाले े जोडेको रैछ । त्यो होटलको सवैभन्दा माथि स्वाइपार्क र इनफिनीटी पुल रहेको छ । राति सिंगापुर हेर्न यहाँबाट मनमोहक हुन्छ । त्यो दृश्य हेर्न होटलमा बस्नेले निशुल्क पाउछन भने अरु बाहिरका पर्यटकले टिकट काटेर हेर्नु पर्छ । यो होटल सन २०१० मा बनेको रैछ ।  

मेरिना बिचमा  रहेको  सिंहको मुखबाट अनबरत बगेको पानीको फोहोराको मनोरम दृश्य खिच्न सवै पर्यटकहरुले पालो कुर्नु पर्ने रैछ । मैले भिडियोमा हेरे जस्तो बाघको मुखबाट पानी झरेको खासै अनौठो लागेन । मेरो बिचारमा सिंह अतिनै ठुलो र सुनको होला जस्तो लागेको थियो । तर प्रत्यक्ष हेर्दा त्यस्तो केही लागेन । हामीलाई गाइडले चाइना मार्केट पनि घुमायो । हामीसंगै गएका केही पर्यटकले चाइनिज मार्केटमा सिंगापुरको चकलेट पनि किने । 


त्यसपछि हामीलाई मध्यान्ह १२ बजे गाइडले  सेनटोसा आइसल्याण्ड जाने केबलकार जाने टिकट दियो । हामी केबलकारमा करिब १५ मिनटको यात्रा पछि सेनटोसा आइसल्याण्ड पुग्यो । रमाइलो गर्ने फोटो खिच्ने र प्रकृतीसंग रमाउनेका लागि त्यो आइसल्याण्डमा समय बिताउन कुनै गारो छैन । त्यहाँ दिनभरि पनि बस्न सक्ने मनोरन्जनात्मक चीजमा भुल्न सक्ने विभिन्न खेल सामग्री पनि रैछ ।  त्यहाँ आइसल्याण्ड भित्र चल्ने मोनोरेल, बसमा जति चडेपनि जति यात्रा गरे पनि पैसा तिर्नु नपर्ने रैछ । विज्ञानको चमत्कार डाढाँहरुलाई फोरेर चटक्क पारेर मान्छे भुल्याउने गरि राखिएको ॥ तर सेनटोसा आइल्णाण्ड   क्षेत्रमा कफि, चिया र खाजा खानु पन्यो भने महगों पैसा तिर्नु पर्ने रैछ ।  । हामी त्यहाँ करिब तीन घण्टा बिताएर  तीनबजे सनतोसा आईल्याण्डबाट फरकियो । र तल केबलकार स्टेशनबाट हामी सिंगापुरको टेक्सीमा लिटल इन्डिया फर्कियो । हामीले टेक्सीलाई १६.५० रुपैया सिंगापुर डलर बुझायो । हामी त्यहाँ मार्केटमा केही किनमेल गरि  होटल फर्कियो । 
कानूनझै सिंगापुरको एकदमै कडा रैछ ।सानो कागजको टुक्रा बाटोमा फाल्यो भने तीनसय सिंगापुर डलर तिर्नु पर्ने रैछ । अझ केटी र महिलाहरुमा हरुका लागि सिंगापुर त एकदम सुरक्षित देश रैछ । केटीलाइ र महिलालाई नराम्रो दृष्टिले हेरयो या उसको इजाजतबिना छोयो भने एघार वर्ष जेल जानु पर्ने कानुनी प्रावधान  रहेछ ।  
भोलिपल्ट सिंगापुरको दुइ दिनको यात्रा पछि हामी होटलबाट १२ः३० बजे सिंगापुरको चांगी अन्तराष्ट्रिय बिमानस्थलतर्फ लागेम । होटलबाट करिब ४५ मिनटको टेक्सीको यात्रा पछि हामी एयरपोर्ट पुग्यो ।सिंगापुरको एकमात्र अन्तराष्ट्रिय चांगी बिमानस्थलमा चारवटा टर्मिनल र चारवटा रनवे रहेको भव्य बिमानस्थल रैछ । यो बिमानस्थल हेर्दा जंगलभित्र रहेको आभास हँुदो रैछ ।  त्यहाँ थाई एयरबेजको काउण्टरबाट बोडिङ्ग पास लिए पछि हामी सिंगापुर इमिगे्रशन गयो र त्यहाँ सवै प्रक्रिया पुरा गरे पछि हामी एयरलाईन्समा बोडिङ्ग हुने ठाउँमा पुग्यो र प्लेन उडने प्रतिक्षामा बस्यौं ।  
हाम्रो थाइ एयरवेजको प्लेन नं टीजी ४१४ सिंगापुरको लोकल समय अनुसार अपरान्ह ३ः३० बजे बैंककका लागि उडयो । प्लेनले ८७६ माइलको दुरी झण्डै दुइघण्टा २५ मिनटमा तय गन्यो । हाम्रो प्लेन साउथ चाइना सी माथिबाट आउने हुँदा धेरै ठाउँमा हाम्रो प्लेन एयर टर्बुलेन्समा पन्यो । हाम्रो प्लेन बैंककको सुवणर्भुमि अन्तराष्ट्रिय बिमानस्थलमा सांझ ५ः३० बजेतिर ओर्लियो ।थाइ एमिगे्रशनको सवै प्रक्रिया पुरा गरि हामी ७ बजे बिमानस्थलबाट बाहिर निसिक्यो । थाइल्याण्डको वाट थाई कम्पनीको एजेन्टले हामीलाई एयरपोर्टबाट  सिधै पतैया लग्यो । हामी करिब ढेड घण्टाको यात्रा पछि पतैयाको ला भरनिसेज होटलमा आई पुग्यो र। राति होटलमै बसियो । 


विहान होटलमा सात बजे नास्ता गर्न जाँदा त तीनजना बर्मेली नेपाली वेइटरपो भेटियो । गृहयुद्धको चपेटामा परेको बर्माका धेरै नेपाली दाजु भाई दिदी बैनीहरु छिमेकी थाइल्याण्डमा रोजगारको लागि आउदा रहेछन । थाइल्याण्ड आउन उनीहरुलाई भिसा लाग्दैन । 
विहानको नास्ता पछि हामी विहान दश बजेतिर थाइल्याण्डको प्रसिद्ध कोरल आइसल्याण्ड तिर लाग्यो । थाइल्याण्डले समुद्रलाई प्रयोग गरेर विभिन्न समुद्री खेलबाट पर्यटकलाई लोभ्याउने गरेको र यो व्यवसायबाट संयौले रोजगारी पाएको देखियो ।

पतैयाबाट करिब १२ मिनटको स्पीड बोटमा कोरल आइसल्याण्ड पुगिदो रैछ । त्यहाँ आउने पर्यटक एक नम्बरमा चाइनिज र दोस्रो नम्बरमा भारतीय र फाटफुटट नेपाली पनि देखिदा रैछन । थाइल्याण्डको प्याकेज सस्तो  भएकाले नेपालीहरुको पहिलो रोजाइमा थाइल्याण्ड पर्दो रैछ ।

हामी पतैयामा दुइरात  बसे पछि हामी अक्टोबर २० तारिख मा बैंकक शहर फर्रियो । विहान दश बजे हामीलाई थाइ गाइडले इनोभा कारमा बैंकक तर्फ हिडाए । पतैयाबाट बैंकक पुगेपछि हामीलाई ती गाइडले बैंककमा रहेको

गोल्डेन बुद्ध र मार्बल बुद्धको पनि भ्रमण गराए ।

र हामीलाई बैंककमा रहेको प्रिन्सटन होटलमा दिउँसो दुइ बजे पुन्याए ।
भोलिपल्ट हाम्रो बैंककमा भ्रमणको अन्तिम दिन र केनमेल गर्ने दिन रहेको थियो । हामी विहान ८ बजेतिर विहानको नास्ता खाए पछि हामी हाम्रो होटलबाट नजिकै रहेको प्लाटुना मार्केट गयो । प्लाटुना माकेैट र इन्डा स्कायारमा गएर केही टीसर्ट , मनि ब्याग र चकलेट किनौ र दुइबजेतिर होटल फरकियो । भोलिपल्ट विहान १०ः१५ बजेको बैंककबाट काठमाडौंको लागि थाइ एयरबेजको फल्याइट रहेकाले तीन घण्टा अघि एयरपोर्ट पुग्नु पर्ने भएकाले हामी विहान ४ बजेनै उठयो । र तल होटलको लबीमा ५ः३० बजे झरयो ।  । अन्तराष्ट्रिय होटल रहेकाले विहान ६ बजेनै विहानको नास्ता खोलियो । हामी विहानको नास्ता खाएर होटलबाट सुवणर्भुमि अन्तराष्ट्रिय विमानस्थलतर्फ विहान ६ः१५ बजेनै लाग्यो ।

हाम्रो गाइड तथा  ड्राइभरले करिब ४५ मिनट पछि ७ बजे हामीलाई एयरपोर्ट पुन्याई दिए । थाई एयरवेजको काउण्टरबाट बैंकक काठमाडौंको फल्याइट नं टिजी ३१९ को बोडिङ्ग पास लिए पछि हामी इमिग्रेसनको प्रक्रिया पुरा गरि हामी बिमानको बोडिङ्ग तर्फ लाग्यो । बिमान निर्धारित समय भन्दा  १५ मिनट ढिला काठमाडौंको  लागि उडयो । बैंककबाट काठमाडौं सम्म बिमानले १३८३ माइलको दुरी करिब ३ घण्टा ३० मिनटमा तय गन्यो । यसरी हाम्रो दश दिनको मलेशिया, सिंगापुर र थाइल्याण्डको यात्रा सकियो ।  
  अरु देश हेरेर थाइल्याण्ड अलिक पुरानो अलिक फोहोर तर पर्यटक तान्न सफल देश रहेछ । पहिलो व्यवसाय खेती, समुद्रको पानी जमाएर नुन ,माछा, दोस्रोमा उद्योग धन्दा तेस्रोमा व्यापार र चौथोमा यौन ब्यवसाय फुट र बढी मसाज रहेछ । झटट सुन्दा नराम्रो लागे पनि थाइल्याण्डमा यौन ब्यवसायले गर्दा बलत्कारको घटना हुदोरहेनछ । र हजारौ महिलाहरुको ज्यान जोगिएको छ । थाइल्याण्डमा राजा र राजपरिवारलाई उच्च सम्मान सहित मानिदो रहेछ । शहरको चोकचोक , ठुल्ठुला बिल्डिङ्गमा राजाको ठुल्ठुला फोटो राखिएको हँुदो रहेछ । संसारको ठुलो बौद्ध मन्दिर मध्ये एक, सवैभन्दा धेरै सुनको बौद्ध मन्दिर पनि थाइल्याण्डमा रहेछ ।

गंगा देवी उप्रेती ।
guprety2010@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register