लावनी चक्रबर्तीको प्रस्तुतीमा राग भीमपलासी ।

Oct 29, 2024 - 14:50
 0
लावनी चक्रबर्तीको प्रस्तुतीमा राग भीमपलासी ।


कार्तिक १३, काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको २८ औं श्रृंखलामा आज शास्त्रिय गायिका लावनी चक्रबर्तीले शास्त्रीय गायनमा राग भीमपलासी प्रस्तुत गर्नु भएको छ । सो गायनमा उहाँलाई तबलामा नगेन्द्र न्यौपाने, हारमोनियमा अग्रज भटटराई र तानपुरामा उमेश राउतले संगत गर्नु भएको थियो । 
गायिका चक्रबर्तीले राग भीमपलासीमा बिलम्बित एकताल संगसगै मध्यलय प्रस्तुत गर्नु भएको थियो भने अन्त्यमा ठुमरी र भजन पनि प्रस्तुत गर्नु भएको थियो । 


कार्यक्रम पश्यात बिशिष्ट अतिथी बरिष्ठ सितार बादक डा. धु्रवेश चन्द्र रेग्मीले कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो । 
राग भीमपलासी काफी थाटबाट उत्पन्न भएको राग हो । यसको आरोहमारे ध वज्र्य भएकाले जाति औडव सम्पुणर् हो । यस रागको वादी स्वर मध्यम र सम्वादी स्वर षडज हो । यस रागमा गाँन्धार र निषाद कोमल प्रयोग हुन्छ । 


शास्त्रीय संगीतलाई जीवन्त  राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते काठमाडौंको वडा नं ८ को गौरीघाटस्थित प्रतिष्ठानको आफनै भवनमा  विगत २७   महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register