क्यान्सर पीडित बुढाथोकीले लेखे ‘याङरुप’, बिर्तामोडमा भयो बिमोचन

बिर्तामोड, २३ कात्तिक । क्यान्सर रोगबाट पीडित आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास विमोचन गरिएको छ । लेखक बुढाथोकीको चार वर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको आज झापाको बिर्तामोडमा एक समारोहका बीच लोकार्पण गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको ‘याङरुप’ उपन्यासको लोकार्पण साहित्यकार तथा कार्यक्रमका प्रमुख [...] The post क्यान्सर पीडित बुढाथोकीले लेखे ‘याङरुप’, बिर्तामोडमा भयो बिमोचन appeared first on Jhapa Online.

Nov 8, 2024 - 12:28
 0
क्यान्सर पीडित बुढाथोकीले लेखे ‘याङरुप’, बिर्तामोडमा भयो बिमोचन

बिर्तामोड, २३ कात्तिक । क्यान्सर रोगबाट पीडित आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास विमोचन गरिएको छ ।

लेखक बुढाथोकीको चार वर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको आज झापाको बिर्तामोडमा एक समारोहका बीच लोकार्पण गरिएको हो । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको ‘याङरुप’ उपन्यासको लोकार्पण साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण धराबासीलगायतले गरेका हुन् ।

लोकार्पण समारोहमा आमन्त्रित बिशिष्ट ब्यक्तित्हरुका रुपमा प्राडा टंक न्यौपाने, प्राडा बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा बालचन्द्र सुब्बा लगायतको आतिथ्य थियो । कार्यक्रममा स्वागत डा कुमार सुवेदी र लेखकको परिचय रिता पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुङ्गेलले गर्नुभएको थियो ।

उपन्यास विमोचन कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीले विभिन्न संगीतमय कार्यक्रम समेत प्रस्तुत गरेका थिए । लोकार्पण समारोह कार्यक्रममा सवै क्षेत्रका बिशिष्ट ब्यतित्वसहितको बाक्लो उपस्थिति रहेको साहित्यकार तथा अग्रज पत्रकार केशव आचार्यले जानकारी दिए ।

The post क्यान्सर पीडित बुढाथोकीले लेखे ‘याङरुप’, बिर्तामोडमा भयो बिमोचन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register