मेट्रो एफ.एमको  पाका कुरामा भीम कुमारी घिमीरे ।

Nov 12, 2023 - 14:21
 0

साउन १४,, काठमाडौं । स्रोताहरु, कार्यक्रम पाका कुरा यहाँहरुले हरेक शुक्रबार सांझ ६ः३० बजेदेखि  ७ ः०० बजेसम्म   दक्षिण एसियामै स्थानीय निकायद्धारा संचालित काठमाडौं महानगरपालिकाको  मेट्रो एफ.एम. ९४.६ मेगहर्जमा नियमित सुन्न सक्नु हुनेछ । यस कार्यक्रमको उदेश्य  जेष्ठ नागरिकहरुको  बाल्यकाल, शिक्षा,सरकारी  जागिर सामाजिक कार्य ,विगतको पेशा , वैवाहिक जीवन , उहाँहरुले विभिन्न पेशमा अंगालेको अनुभव,   लगायत वर्तमान समयमा उँहाहरुले भोगेका  सुःख दुःख बारे पनि श्रोता समक्ष ल्याउने र यसको संदेश आजका भावी युवा युवतीबिच पुन्याउने रहेको छ । श्रोता यहाँहरुले मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको  कार्यक्रम  हाम्रो पात्रको एप डाउनलोड गरि इन्टरनेटमा पनि सुन्न सक्नु हुन्छ भने इन्टरनेटमा  धधध।mभतचयलभधक।पबतजmबलमग।नयख।लउ मा संसारभर  सुन्न सक्नु हुनेछ । त्यसैगरी यो कार्यक्रम यहाँहरुले फेसबुक पेज  Metro FM 94.6 MHz.  मा प्रत्यक्षरुपमा जोडिन सक्नु हुनेछ । 

मेट्रो एफ.एम. ९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा गत शुक्रबार साउन साउन १२, २०८० को   कार्यक्रममा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रममा ९२ वर्र्षीय भीम कुमारी घिमीरे  रहनु भएको थियो । वि.स. १९८९   साल, पौष १५ गते पुर्वी नेपालको ताप्लेजुङ्ग जिल्लामा उहाँको जन्म भएको थियो । हाल उहाँ काठमाडौं महागरपालिका वडा नं ४ को बालुवाटारमा  प्रतिनिधि सभाका सम्माननीय सभामुख माइला छोरा देवराज घिमीरे र उहाँको परिवारसंग बसोवास गर्दै आउनु भएको छ । 
त्यतिखेरको चलनचल्ती अनुसार वि.स. २०००  सालमा एघार वर्षकै उमेरमा उहाँको विवाह भएको थियो । उहाँका कोखबाट जम्मा तेह् जना  छोराछोरीको जन्म भएकोमा हाल एघार जना रहेका छन । उहाँका श्रीमान रामेछापबाट हुनुहुन्थ्यो । पछि सरकारी जागिरको क्रममा उहाँ  ताप्लेजुङ्गमा  रहदा उहाँसंग विवाह भएको थियो । 


प्छि उहाँहरु भ्mापा आउनु भयो ।प्रायजसो भीम कुमारी झापाको दमकमा आफना कान्छा छोरासंग बस्नु हुन्छ । उहाँ एकजना छोरा बेलायतमा र अर्का छोरा र नातिहरु ऋष्ट्रेलियामा बसोजास गर्नु हुन्छ । ८० वषको उमरेमा उहाँ पहिलो पटक बेलायत जानु भयो र त्यहाँ आफना छोरा बुहारी र परिवारसंग करिव छ महिना  जति बस्नु भयो । त्यतिखेर उहाँले दशैं र त्यीहार पनि त्यही मनाउनु भयो ।त्यतिखेर उहाँसंग दशैंमा आशीष माग्न र टिका थाप्न धेरै आफन्तजनहरु  टीका लगाउन आउनु भएको उहाँ स्मरण गर्नु हुन्छ । 
उहाँ सर्व प्रथम वि.स. २०५१ सालमा मनमोहन अधिकारी प्रधान मन्त्री भएको समयमा चन्दगडीबाट हवाइ जहाज चढि काठमाडौं आउनु भएको थियो ।त्यहीनै जीवनमा उहाँको पहिलो हवाई यात्रा थियो । उहाँ त्यतिखेर बिरामी परेर माइला छोरा काठमाडौं आउनु भएको थियो । त्यतिखेर उहाँ पहिलो पटक काठमाडौंको बुढानिलकण्ठ मन्दिर दर्शन गर्न जाँदा मन्दिर वरिपरि चिस्नो घारी रहेको , त्यतिखे आफु माइला छोरासंग काठमाडौको मैत्रीदेवी मन्दिर नजिक बस्दा  आजकालका जस्ता ठुलठुला घर नभएको सवैतिर जंगल रहेको बाटाघाटाहरु सानो रहेको  हलिे जस्तो मोटर साइकल र गाडीहरु बढी नभएकाले बातावरण शुद्ध रहेको स्मरण गर्नु हुन्छ । 
हाल काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वापत ६८ वर्ष उमेर पुगेकालाई मासिक चार हजार रुपैया दिदैं आएको छ । यस बारे जिज्ञासा राख्दा उहाँले २०५१ सालमा भरतमोहन अर्थ मन्त्री हँुदा पहिलो पटक रु एकसय रुपैया भत्ता थापेको बताउनु हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register