लन्डन दूतावासका नयाँ उपनियोग प्रमुखसंग ‘जी टेन’ सदस्यले गरे छलफल

लन्डन- गोर्खा मुद्धामा जाती त्रिपक्षीय वार्तामा भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व गर्ने ‘जी टेन’ समूहका सदस्यहरुले लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीसंग छलफल गरेका छन्। हालै लन्डन दूतावासमा जिम्मेवारी सम्हालेका दुवाडीसंग जी टेन समूहका सदस्यहरुले बुधबार दूतावास पुगेर परिचयात्मक भेट तथा छलफल गरेको भेटमा सहभागी गेसो सभापति कृष्णकुमार राईले नेपाली लिंकलाई जानकारी दिए। सो अवसरमा गोर्खा […]

Nov 6, 2024 - 20:02
 0
लन्डन दूतावासका नयाँ उपनियोग प्रमुखसंग ‘जी टेन’ सदस्यले गरे छलफल

लन्डन- गोर्खा मुद्धामा जाती त्रिपक्षीय वार्तामा भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व गर्ने ‘जी टेन’ समूहका सदस्यहरुले लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीसंग छलफल गरेका छन्।

हालै लन्डन दूतावासमा जिम्मेवारी सम्हालेका दुवाडीसंग जी टेन समूहका सदस्यहरुले बुधबार दूतावास पुगेर परिचयात्मक भेट तथा छलफल गरेको भेटमा सहभागी गेसो सभापति कृष्णकुमार राईले नेपाली लिंकलाई जानकारी दिए।

सो अवसरमा गोर्खा अभियन्ताहरु र उपनियोग प्रमुख दुवाडीबीच गोर्खा वार्ताको भावी रणनीतिबारे अन्तरक्रिया समेत भएको उनले बताए।
‘नयाँ उपनियोग प्रमुखसंग हाम्रो पहिलो भेट भएकाले उहाँलाई स्वागत गर्दै हामीले परिचय पनि गर्र्यौं’, राईले भने, ‘ जारी त्रिपक्षीय गोर्खा वार्ताबारे पनि विचारहरु आदानप्रदान भयो।’

सो अवसरमा गोर्खाहरुले उपनियोग प्रमुख दुवाडीलाई हालसम्मको प्रगति र आफूहरुको अडानबारे जानकारी गराएका थिए। साथै, उनीहरुबीच नेपाल सरकार र लन्डनस्थित दूतावासको अपेक्षित भूमिकाबारे पनि छलफल भएको थियो।

त्यसक्रममा उपनियोग प्रमुख दुवाडीले गोर्खा वार्ताबारे आफूलाई ‘अपडेट’ रहेको जानकारी गराउंदै यसलाई दूतावासको प्राथमिक एजेण्डा बनाएरै काम गर्ने आश्वासन दिएका थिए।

भेटमा गोर्खा वार्तामा भूपू गोर्खाको प्रतिनिधित्व गर्न नेपाल सरकारबाट नियुक्त जी टेन समूहका सदस्यहरु गेसो सभापति कृष्ण कुमार राई र उपसभापति धर्मबहादुर तामाङ, बिजीडब्लुएस अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान तथा अनसनकर्ताद्वय धनबहादुर गुरुङ र पुष्पा राणा घले सहभागी थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register