रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजश्व टोलीमाथि ढुंगामुढा, दुई घाइते 

काठमाडौँ।   रुपन्देही जिल्लाको लुम्बिनी  सांस्कृतिक नगरपालिका–२ मुझानाबाट बिहिबा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो । […]

Nov 8, 2024 - 07:38
 0
रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजश्व टोलीमाथि ढुंगामुढा, दुई घाइते 

काठमाडौँ। 

 रुपन्देही जिल्लाको लुम्बिनी  सांस्कृतिक नगरपालिका–२ मुझानाबाट बिहिबा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरबितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।  

उक्त भिडले ढुंगामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुकोसाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register