जापानी कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी हटाउने

काठमाडौं । जापानी कार निर्माता कम्पनी निसानले ठुलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको छ। कटौतीको यो नयाँ घोषणा अन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउने छन्। विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ। जापानी कार निर्माण कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ। विश्वव्यापी रूपमा […]

Nov 8, 2024 - 04:38
 0
जापानी कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी हटाउने

काठमाडौं ।

जापानी कार निर्माता कम्पनी निसानले ठुलो संख्यामा कर्मचारी कटौतीको घोषणा गरेको छ। कटौतीको यो नयाँ घोषणा अन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउने छन्। विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।

जापानी कार निर्माण कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ। विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ।

निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले भने, ‘यी परिवर्तनहरूले कम्पनी आफैं संकुचित हुँदैछ भन्ने होइन। निसानले पनि आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउनको लागि पुनर्संरचना सुरु गर्नेछ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register