अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा बाँसुरी र तबलाको जुगलबन्दी ।

Mar 28, 2024 - 13:45
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा बाँसुरी र तबलाको जुगलबन्दी ।

चैत्र १५, काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको २१ औं श्रृंखलामा आज राग  जोगमा आधारित बाँसुरी र तबलाको जुगलबन्दीको प्रस्तुती भएको छ । 


सो प्रस्तुतीमा बाँसुरी बादक नागेन्द बिक्रम  राईले राग जोगमा आधारित बाँसुरी बादन प्रस्तुती गर्नु भएको थियो । उहाँलाई तबलामा कलकार नवराज गुरुङ्ग र तानपुरामा गीता राईले साथ गर्नु भएको थियो ।  


कार्यक्रम आजको कार्यक्रमका  प्रमुख अतिथी कपिल खत्रीले कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट  सम्मान गर्नु भएको थियो । 
राग रोग राग काफी थाटबाट उत्पन्न भएको राग हो । यसमा गान्धार र निषाद कोमल प्रयोग हुन्छ । यस रागमा ऋषभ र धैवत बज्य हुन्च भने यसमो जाति औडव हो । यस रागमा दुवै गान्धारको प्रयोग हुन्छ , आरोहमा शुद्ध गान्धारको प्रयोग हुन्छ भने अवरोहमा कोमल गान्धारको प्रयोग हुन्छ । 


विगत २० औ सप्ताहदेखि हरेक नेपाली महिनाको १५ गते शास्त्रीय संगीतको उत्थान तथा जर्गेनाको लागि प्रतिष्ठानले शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register