दिलजीत दोसाँझको ‘दिल–लुमिनाटी’ कन्सर्टलाई सरकारी नोटिस

काठमाडौं । भारतको तेलंगाना सरकारले गायक दिलजीत दोसाँझको कन्सर्ट ‘दिल–लुमिनाटी’का आयोजकलाई नोटिस जारी गरेको छ । शुक्रबार हैदरावादमा दिलजीत दोसाँझको कन्सर्ट हुँदैछ । समाचार एजेन्सी एएनआईले सूचनाको प्रतिलिपि साझा गरेको छ । तेलंगाना सरकारले जारी गरेको नोटिसमा दिलजीतलाई आफ्नो कन्सर्टमा रक्सी, ड्रग्स वा हिंसालाई बढावा दिने कुनै पनि गीतबाट बच्न भनिएको छ । लाइभ शोमा […]

Nov 15, 2024 - 05:23
 0
दिलजीत दोसाँझको ‘दिल–लुमिनाटी’ कन्सर्टलाई सरकारी नोटिस

काठमाडौं । भारतको तेलंगाना सरकारले गायक दिलजीत दोसाँझको कन्सर्ट ‘दिल–लुमिनाटी’का आयोजकलाई नोटिस जारी गरेको छ ।

शुक्रबार हैदरावादमा दिलजीत दोसाँझको कन्सर्ट हुँदैछ । समाचार एजेन्सी एएनआईले सूचनाको प्रतिलिपि साझा गरेको छ ।

तेलंगाना सरकारले जारी गरेको नोटिसमा दिलजीतलाई आफ्नो कन्सर्टमा रक्सी, ड्रग्स वा हिंसालाई बढावा दिने कुनै पनि गीतबाट बच्न भनिएको छ ।

लाइभ शोमा आयोजक र गायकले बालबालिकालाई स्टेजमा बोलाउन नहुने पनि सूचनामा उल्लेख छ ।

तेलंगाना सरकारले भनेको छ, “विश्व स्वास्थ्य संगठनका अनुसार वयस्कहरूले १४० डीबी प्रेसरको आवाजबाट टाढा रहनुपर्छ । बच्चाहरूको लागि यो १२० डीबी हो । यस कारण, कन्सर्टको समयमा बच्चाहरूलाई स्टेजबाट टाढा राख्नुपर्छ ।”

नोटिसका अनुसार दोसाँझले २६ र २७ अक्टोबरमा आफ्नो दिल्ली कन्सर्टमा मदिरा, ड्रग्स र हिंसालाई बढावा दिने गीत गाएका थिए । दिलजीतको कन्सर्टमा १३ वर्षभन्दा माथिका बालबालिकालाई प्रवेश अनुमति दिइएको थियो ।

कन्सर्टका क्रममा चर्को आवाज र बत्तिको पनि प्रयोग गरिने सूचनामा उल्लेख छ । चर्को आवाज र प्रकाश दुवै बालबालिकाका लागि खतरनाक हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register