दूरसञ्चार प्राधिकरणलाई वर्ल्ड लिंकले सवा २ अर्ब बक्यौता बुझायो, लाइसेन्स नवीकरणको काम अघि बढ्ने ! 

काठमाडौँ । वर्ल्ड लिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई तिर्न बाँकी बक्यौता तिरेको छ । वर्ल्ड लिंकले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५ सय ५२ रुपैयाँ तिरेको हो ।  जसमध्ये वर्ल्ड लिंकले १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ रोयल्टी र आरटीडीएफ बापतको शुल्क ७६ […]

Nov 15, 2024 - 11:29
 0
दूरसञ्चार प्राधिकरणलाई वर्ल्ड लिंकले सवा २ अर्ब बक्यौता बुझायो, लाइसेन्स नवीकरणको काम अघि बढ्ने ! 

काठमाडौँ । वर्ल्ड लिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई तिर्न बाँकी बक्यौता तिरेको छ । वर्ल्ड लिंकले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५ सय ५२ रुपैयाँ तिरेको हो । 

जसमध्ये वर्ल्ड लिंकले १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ रोयल्टी र आरटीडीएफ बापतको शुल्क ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणलाई तिर्नुपर्ने रोयल्टी र आरटीडीएफबापतको बक्यौता तिरेपछि कम्पनीको इजाजतपत्र नवीकरणसहितको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ । त्यसका लागि प्राधिकरणबाट आवश्यक निर्णय हुन भने बाँकी छ । 

यसो त वर्ल्ड लिंकले रोयल्टी र आरटीडीएफ बापतको शुल्क तिर्नु नपर्ने भन्दै सर्वोच्चमा रिटसमेत दायर गरेको थियो । तर, सर्वोच्चले बैशाख ३० गते उक्त रिट खारेज गर्दै कार्तिक १३ गते शुल्क तिर्नुपर्ने सहितको पूर्णपाठ सार्वजनिक गरेपछि वर्ल्ड लिंकले प्राधिकरणलाई उक्त शुल्क बुझाएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register