रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी, पोखराबाट ल्याएर अनुसन्धान गरिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट […]

Nov 17, 2024 - 12:11
 0
रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी, पोखराबाट ल्याएर अनुसन्धान गरिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि उनीहरुविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भई अनुसन्धानको लागि लगिएको थियो ।

काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छविलाई आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । अब उनीहरूमाथि अनुसन्धान गर्ने बाटो खुल्ला भएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register