‘विश्वविद्यालय टपरलाई सरकारी जागिरमा सिधै प्रवेश दिउँ’- शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाली विश्वविद्यालयका टपरहरु (गोल्ड मेडलिस्ट)लाई सरकारी जागिरमा सिधै प्रवेश दिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद खनालले नेपाली विश्वविद्यालयका टपरलाई सरकारी […]

Dec 18, 2024 - 10:27
 0
‘विश्वविद्यालय टपरलाई सरकारी जागिरमा सिधै प्रवेश दिउँ’- शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाली विश्वविद्यालयका टपरहरु (गोल्ड मेडलिस्ट)लाई सरकारी जागिरमा सिधै प्रवेश दिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद खनालले नेपाली विश्वविद्यालयका टपरलाई सरकारी जागिरमा सिधा प्रवेश दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

नेपालबाट ठूलो युवा जनशक्ति विदेश गइरहेको बेला र नेपाली विश्वविद्यालय टप गर्नेहरु पनि अमेरिका, अस्ट्रेलियाका युनिभर्सिटीमा प्रोफेसर बन्न गइरहेको उल्लेख गर्दै उनले उनीहरुलाई सरकारी सेवामै प्रवेश गर्न प्रोत्साह गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, सांसद खनालले युवाहरुलाई सरकारी सेवामा आकर्षित गर्नका लागि पनि कानूनी व्यवस्था निजामती विधेयकमा राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register