‘उद्योगको लाइन काटेर समस्याको समाधान हुँदैन’- उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् । बुधवार ‘औद्योगिक व्यापार मेला बुटवल-२०८१’ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले महसुल उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताएका छन् । त्यस्तै, मन्त्री खड्काले […]

Dec 18, 2024 - 11:43
 0
‘उद्योगको लाइन काटेर समस्याको समाधान हुँदैन’- उर्जामन्त्री खड्का

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् । बुधवार ‘औद्योगिक व्यापार मेला बुटवल-२०८१’ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले महसुल उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताएका छन् ।

त्यस्तै, मन्त्री खड्काले अहिले व्यवसायीहरुको इमान्दारिताको पनि आवश्यकता रहेको बताएका छन् । उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको भन्दै क्षणभरमा सकिने काम १०औँ वर्षदेखि अल्झाएर राखिएको बताएका छन् ।

साथै मन्त्री खड्काले व्यवसायी र प्राधिकरण सम्बद्ध सबैले इमान्दारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register