सन नेपाल लाइफद्वारा बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले ब्याज छुट योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले पौष १ गतेदेखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यहरू निम्न छन् : -आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने […]

Dec 18, 2024 - 10:23
 0
सन नेपाल लाइफद्वारा बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले ब्याज छुट योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले पौष १ गतेदेखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यहरू निम्न छन् :

-आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने ।

-आफ्ना ग्राहक र उनीहरुको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने ।

-ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उनीहरुको सुरक्षालाई निरन्तरता दिने ।

-ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने ।

सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register