एमाले र कांग्रेसलाई हराउँदै चारआली खानेपानीमा माओवादीका चिमरिया विजयी

झापा, २ मंसिर । चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित हुनु भएको छ । निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अलग–अलग प्यानल थियो । माओवादी केन्द्रको प्यानलबाट चिमरिया चुनावी मैदानमा हुनुहुन्थ्यो । संस्थाको एउटा सदस्य पदबाहेक सबै पदमा चिमरियाको प्यानलले जित हासिल गरेको छ । उहाँको [...] The post एमाले र कांग्रेसलाई हराउँदै चारआली खानेपानीमा माओवादीका चिमरिया विजयी appeared first on Jhapa Online.

Nov 17, 2024 - 16:36
 0
एमाले र कांग्रेसलाई हराउँदै चारआली खानेपानीमा माओवादीका चिमरिया विजयी

झापा, २ मंसिर । चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित हुनु भएको छ ।

निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अलग–अलग प्यानल थियो । माओवादी केन्द्रको प्यानलबाट चिमरिया चुनावी मैदानमा हुनुहुन्थ्यो । संस्थाको एउटा सदस्य पदबाहेक सबै पदमा चिमरियाको प्यानलले जित हासिल गरेको छ । उहाँको प्यानलमा रास्वपा, राप्रपा र जसपा सहभागी थियो ।

अध्यक्ष पदका उम्मेद्वार राजन चिमरियाले ९११ मत पाउनु भएको छ । अध्यक्ष पदका अरु उम्मेद्वाहरुले ल्याएको मतभन्दा बढी मत चिमरियाले पाउनुभयो ।

नेपाली काँग्रेसका बालकुमार विष्टको २७२ र एमालेका सन्तोष मेचेको ४९३ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा चिमरिया प्यानलकै मैया कार्की ६०९ मत ल्याएर विजयी बन्नुभएको छ । उपाध्यक्षका अरु उम्मेद्वारहरु काँग्रेसकी दिपा आचार्य पौडेलले ३८५ र एमालेकी पुष्पा गौतम खनालले ५२० मत प्राप्त गर्नु भयो ।

सचिव पदमा चिमरिया प्यानलकै प्रेमराज घिमिरे ६६४ मत ल्याएर विजयी बन्नुभयो । उक्त पदमा काँग्रेसका राजेन्द्रप्रसाद रिजालले ३४२ र एमालेका दामोदर घिमिरेले ५१६ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा चिमरिया प्यानलकै साउन मेचे (बादल) ५७७ मत ल्याएर बिजयी हुनुभयो । सो पदमा काँग्रेसका यमकान्त पौडेलले ३७८ र एमालेका प्रकाश बरालले ५५८ मत पाउनुभयो ।

सदस्य पदमा चिमरिया प्यानलका पुरुषोत्तम सिग्देल, चन्द्रकला तदेबुङ्ग, तेजबहादुर लिम्बु र अञ्जु फेवादिन बिजयी हुनुभयो । एउटा सदस्य पदमा नेकपा एमालेका हरिप्रसाद घिमिरे बिजयी हुनुभयो । लेखा समिति संयोजकमा चिमरिया प्यानलकै अर्जुन खनाल र सदस्यहरुमा रुद्रप्रसाद रिजाल, रितादेवी रिजाल न्यौपाने बिजयी हुनुभयो । चुनावमा दुई हजार ६९५ मतदाता थिए । तर एक हजार ७८१ मत खसेको थियो ।

The post एमाले र कांग्रेसलाई हराउँदै चारआली खानेपानीमा माओवादीका चिमरिया विजयी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register