झापामा खनजोत बेगरै मकै खेती

सन्तोष शर्माझापा, ४ पुस । झापामा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तरगत जिल्ला तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको हो । झापाको बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०÷१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख [...] The post झापामा खनजोत बेगरै मकै खेती appeared first on Jhapa Online.

Dec 19, 2024 - 02:44
 0
झापामा खनजोत बेगरै मकै खेती

सन्तोष शर्मा
झापा, ४ पुस ।
झापामा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको छ ।

कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तरगत जिल्ला तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको हो । झापाको बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०÷१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकै खेती प्रविधि प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । यो प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुने उहाँको भनाइ छ ।

यो प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकै पटक मकैको बिऊ र मल हाल्न सकिन्छ । मकैको एउटा लाइनबाट अर्को लाइनको दुरी ४५ सेन्टिमिटर र बोटको दुरी १५–२० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमुना खेतीमा डीएपी मल र बिऊ एकै पटक राखिएको छ ।

झापामा गत वर्ष ४४ हजार हेक्टरमा मकै खेती गरिएको थियो भने उत्पादकत्व ७ टन प्रतिहेक्टर रहेको थियो ।

The post झापामा खनजोत बेगरै मकै खेती appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register