क्रिसमस गिफ्ट दिने भन्दै नेपाल टेलिकमको नाममा ठगी धन्दा, सतर्क रहन आग्रह
काठमाडौं । नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो । सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । यससँगै विश्वासिलो बनाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्र...
What's Your Reaction?