बेलायतमा मुद्रास्फिति आठ महिनायताकै उच्च

लन्डन । बेलायतको मुद्रास्फिति दर लगातार दोस्रो महिना वृद्धि भएर पछिल्लो आठ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । ‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) का अनुसार गत नोभेम्बर महनिासम्मको एक वर्षको अवधिमा मुद्रास्फितिको दर २ दशमलव ६ प्रतिशत पुगेको छ । जुन दर गत मार्च महिनापछिकै सबैभन्दा उच्च हो। अघिल्लो महिनासम्मको वार्षिक अवधिमा मात्रै यो दर […]

Dec 18, 2024 - 15:21
 0
बेलायतमा मुद्रास्फिति आठ महिनायताकै उच्च

फाइल तस्विर

लन्डन । बेलायतको मुद्रास्फिति दर लगातार दोस्रो महिना वृद्धि भएर पछिल्लो आठ महिनायताकै उच्च बिन्दुमा पुगेको छ ।

‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) का अनुसार गत नोभेम्बर महनिासम्मको एक वर्षको अवधिमा मुद्रास्फितिको दर २ दशमलव ६ प्रतिशत पुगेको छ । जुन दर गत मार्च महिनापछिकै सबैभन्दा उच्च हो।

अघिल्लो महिनासम्मको वार्षिक अवधिमा मात्रै यो दर २ दशमलव ३ प्रतिशत थियो ।

ओएनएसका अनुसार मुद्रास्फितिको पछिल्लो वृद्धिका पछाडि इन्धन र कपडामा भएको मूल्य वृद्धि प्रमुख कारक छ । विभिन्न मनोरञ्जनात्मक कन्सर्ट तथा थिएटरहरुको टिकट शुल्कमा भएको वृद्धिले पनि मुद्रास्फिति बढाउन मद्धत गरेको ठानिएको छ ।

मुद्रास्फिति दरमा भएको वृद्धिको असरस्वरुप बैंक अफ इंग्ल्यान्डको यही विहीबार बस्ने बैठकले आधारभूत ब्याजदरमा कटौति गर्ने सम्भावना टरेको विश्लेषकहरुले बताएका छन् । ब्याजदर नघट्दा बैंकहरुबाट ऋण लिंदा वा मोर्गेज तिर्दा ब्याजबापत बुझाउनुपर्ने रकम उच्च रहिरहनेछ ।

पछिल्लो केही महिनामा वृद्धि भएको मुद्रास्फितिको दर यो वर्षको सुरुआती महिनाको तुलनामा अहिले उच्च छ । तर सन् २०२२ मा बढेर ११ प्रतिशतको रेकर्ड बिन्दुमा पुगेको यो दर त्यसयता उल्लेख्य रुपमा घट्दै आइरहेको थियो ।

बेलायत सरकारकी अर्थमन्त्री र्याचल रिभ्सले बेलायती जनताले आर्थिक कठिनाइ भोगिरहेको यथार्थबारे सरकार जानकार रहेको बताइन् । मुद्रास्फितिको पछिल्लो तथ्यांकले लामो समयसम्म बेलायती अर्थतन्त्रले यहाँका काम गरेर खाने वर्गका जनताका लागि काम नगरेको तथ्य स्मरण गराएको भनाइ उनको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register