मेक्सिकन क्लबलाई हराउँदै रियल म्याड्रिडले जित्यो इन्टर कन्टिनेन्टल कपको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ । बुधबार राति कतारमा भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३–० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलको जितमा किलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले एक–एक गोल गरे । खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा […]

Dec 19, 2024 - 02:59
 0
मेक्सिकन क्लबलाई हराउँदै रियल म्याड्रिडले जित्यो इन्टर कन्टिनेन्टल कपको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ ।

बुधबार राति कतारमा भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३–० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलको जितमा किलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले एक–एक गोल गरे ।

खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको ५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै रियलको ३–० को जित सुनिश्चित गरे ।

युरोपियन च्याम्पियन रियलले सिधै फाइनल खेल्दा पाचुकाले कनकाकाफ च्याम्पियन भएर ब्राजिल र इजिप्टको क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो ।

इन्टर कन्टिनेन्टल कपलाई यसअघि क्लब विश्वकप भनिन्थ्यो । नयाँ फम्र्याटको क्लब विश्वकप आएपछि यसको नाम फेरिएको हो ।

फिफाको उत्कृष्ट–११ मा रियल म्याड्रिड र स्पेनका खेलाडीको वर्चश्व

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register