भारतमा नेपालका पर्यटकीयस्थलको प्रचार गर्दै पर्यटन व्यवसायी

झापा, ४ पुस । भारतको पश्चिम बंगालस्थित सिलिगुढीमा आयोजित तीन दिने ‘बंगाल ट्राभल्स मार्ट–२०२४’मा नेपाली पर्यटन व्यवसायीले नेपालको पर्यटकीय स्थलको प्रचार गरिरहेका छन् । इस्टर्न हिमालयन ट्राभल्स एण्ड टुर्स अपरेटरस् एशोशिएशनको यहाँ आयोजित बंगाल ट्राभल मार्टमा भारत, भुटान, श्रीलंकका पर्यटन तथा होटल व्यवसायीमाझ नेपाली पर्यटन व्यवसायीले नेपालका विभिन्न पर्यटकीयस्थलको प्रचार गरिरहेका हुन् । झापाको कनकाई [...] The post भारतमा नेपालका पर्यटकीयस्थलको प्रचार गर्दै पर्यटन व्यवसायी appeared first on Jhapa Online.

Dec 19, 2024 - 02:00
 0
भारतमा नेपालका पर्यटकीयस्थलको प्रचार गर्दै पर्यटन व्यवसायी

झापा, ४ पुस । भारतको पश्चिम बंगालस्थित सिलिगुढीमा आयोजित तीन दिने ‘बंगाल ट्राभल्स मार्ट–२०२४’मा नेपाली पर्यटन व्यवसायीले नेपालको पर्यटकीय स्थलको प्रचार गरिरहेका छन् ।

इस्टर्न हिमालयन ट्राभल्स एण्ड टुर्स अपरेटरस् एशोशिएशनको यहाँ आयोजित बंगाल ट्राभल मार्टमा भारत, भुटान, श्रीलंकका पर्यटन तथा होटल व्यवसायीमाझ नेपाली पर्यटन व्यवसायीले नेपालका विभिन्न पर्यटकीयस्थलको प्रचार गरिरहेका हुन् ।

झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव दीपक ओलीले बंगाल ट्राभल मार्टमार्फत नेपालको पर्यटकीय गन्तव्यलाई प्रचार गर्ने काम भइरहेको बताउनुभयो । “सिक्किम, दार्जिलिङ, श्रीलंका, भुटान लगायत स्थानका पर्यटन व्यवसायीसामु जानुमखाडीलाई चिनाउने काम गरिरहेका छौं”, उहाँले भन्नुभयो, “यसले हाम्रो पर्यटकीय स्थलको प्रचारसँगै पर्यटन आगमनमा पनि टेवा पुग्ने विश्वास छ ।”

बंगाल ट्राभल मार्टमार्फत् भारतदेखि नेपालसम्मका पर्यटकीयस्थललाई एकआपसमा जोड्नुका साथै पर्यटन व्यवसाय प्रबद्र्धन र उनीहरु एकअर्कामा नजिकिने काम भइरहेको उहाँले बताउनुभयो ।

डिसेम्बर १७ देखि शुरु भएको बंगाल ट्राभल मार्ट १९ डिसेम्बरमा सम्पन्न हुनेछ । नेपालका विभिन्न स्थानबाट गएका पर्यटन व्यवसायीहरुले यहाँका पर्यटकीय स्थल र गन्तव्यका बारेमा प्रचार गरिरहेका छन् । उनीहरुले ब्रोसर, पम्प्लेट लगायतका प्रचार सामग्री बाँड्ने कार्य भइरहेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका अशोक न्यौपानेले बताउनुभयो ।

बंगाल ट्राभल मार्टमा सहभागी हुने नेपाली पर्यटन व्यवसायीलाई नेपाल पर्यटन बोर्डले सहयोग गरिरहेको छ । नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पर्यटन व्यवसाय प्रबद्र्धनका लागि बजार खोज्नुपर्ने बताउनुभयो ।

“यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको बजार प्रबद्र्धन गर्छ”, उहाँले भन्नुभयो, “झापासँग सीमा जाडिएको यो क्षेत्रमा करिब ४०–५० लाख जनसंख्या छ, यहाँका मानिसलाई आकर्षित गर्न पनि प्रचार आवश्यक छ ।” जैविक, प्राकृतिक रुपमा रहेका पर्यटकीय स्थल संरक्षणका लागि आर्थिक पाटो अनिवार्य भएकाले पर्यटनको माध्यमबाट आर्थिक पाटो सबल बनाउन सकिने बताउनुभयो ।

पर्यटन बोर्डका बरिष्ठ अधिकृत जयशक्ति सराफले बंगाल ट्राभल मार्ट नेपालमा पर्यटन भित्र्याउने ‘गेट–वे’को रुपमा रहेको बताउनुभयो । प्रचार नगरी कुनै कुरालाई बजारमा ल्याउन नसकिने भएकाले नेपालको पर्यटकीय गन्तव्यहरुलाई यस्ता प्लेटफर्ममा ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । बंगाल ट्राभल्स मार्टमा नेपाल पर्यटन बोर्डका राजेन्द्र घिमिरे लगायतले नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धनात्मक कार्यहरु गरिरहनुभएको छ ।

The post भारतमा नेपालका पर्यटकीयस्थलको प्रचार गर्दै पर्यटन व्यवसायी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register