युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय

काठमाडौँ ।  जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन् । जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध नगर्ने निर्णयमा अडिग रहने बताएका छन् । जर्मन सरकारका प्रवक्ताले अमेरिकाले युक्रेनलाई रुसलाई लामो दुरीको मिसाइल आक्रमण गर्न अनुमति दिएपनि जर्मनीको आफ्नो नीति परिवर्तन नभएको स्पष्ट गरेका छन् । युक्रेनलाई […]

Nov 18, 2024 - 13:58
 0
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय

काठमाडौँ । 

जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन् । जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध नगर्ने निर्णयमा अडिग रहने बताएका छन् ।

जर्मन सरकारका प्रवक्ताले अमेरिकाले युक्रेनलाई रुसलाई लामो दुरीको मिसाइल आक्रमण गर्न अनुमति दिएपनि जर्मनीको आफ्नो नीति परिवर्तन नभएको स्पष्ट गरेका छन् ।

युक्रेनलाई सैन्य सहायता दिनेमा अमेरिकापछि जर्मनी दोस्रो ठूलो देश हो। तर, जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई जर्मन निर्मित लामो दुरीको टोरस मिसाइल नदिने निर्णय गरेका छन् । गत हप्ता, जर्मन चान्सलर ओलाफ स्कोल्ट्जको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । जसलाई युक्रेनले आपत्ति जनाएको थियो ।

अर्कोतर्फ अमेरिकाले आफ्नो पुरानो नीतिलाई परिवर्तन गर्दै युक्रेनलाई आफूले दिएका लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रयोग गर्ने अनुमति दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register