‘पटके’ सूचिमा रहेका प्रसाईंविरुद्ध मुद्दाको खात, हुनसक्छ सातवर्ष कैद !

उनलाई अब के सजाय हुन्छ, यसअघि पक्राउ पर्दा केही सातामा छुटे जस्तै छुट्छन् कि जेल नै जालान् भन्ने सामाजिक सञ्जालमा चासो देखिन्छ । जानकारहरू भन्छन्, ‘उनीविरुद्ध मानहानि, साइबर, हस्ताक्षर किर्ते मुद्दा लागेन र सरकारी सार्वजनिक दस्तावेज कीर्तेमा मात्रै मुद्दा चल्यो भने पनि कम्तीमा ५ देखि ७ वर्षसम्म जेल सजाय हुनसक्ने देखिन्छ ।’

Nov 19, 2024 - 08:31
 0
‘पटके’ सूचिमा रहेका प्रसाईंविरुद्ध मुद्दाको खात, हुनसक्छ सातवर्ष कैद !

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईं पक्राउ परेपछि अबको प्रक्रियाबारे चासो भएको छ ।

उनलाई अब के सजाय हुन्छ, यसअघि पक्राउ पर्दा केही सातामा छुटे जस्तै छुट्छन् कि जेल नै जालान् भन्ने सामाजिक सञ्जालमा चासो देखिन्छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा अदालतबाट म्याद मागेर अनुसन्धान हुने छ ।

अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ । सार्वजनिक वा सरकारी दस्तावेज कीर्ते गर्नेलाई प्रमाण पुगेमा कानूनमै सजाय तोकिएको छ । सोही अनुसार उनलाई सजाय हुने कानुनका जानकार बताउँछन् ।

अधिवक्ताका अनुसार मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ग अनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । यस्तै हस्ताक्षर कीर्तेको पनि बेग्लै कारबाही छ ।

फेरि पक्राउ परे दुर्गा प्रसाईं

हस्ताक्षर कीर्ते कसुरमा पाँच वर्ष कैद र पाँच हजारसम्म जरिवाना हुन सक्छ । प्रसाईं पक्राउपछि प्रधानमन्त्री ओलीको हस्ताक्षर किर्ते मुद्दामा समेत अनुसन्धान हुने अनुमान लगाइएको छ । यस्तै प्रसाईंविरुद्ध साइबर कानुन तथा मानहानि मुद्दा आकर्षित हुनेछ ।

फेरि दुर्गा प्रसाईं कानुनअनुसार ‘पटके’ हुन् । हालै मात्र रास्वपाकी एक नेत्रीलाई सामाजिक सञ्जालबाट चरित्रहत्या गरेपछि पक्राउ परेका थिए ।

तीनसाता हिरासत बसेपछि धरौटीमा छुटेका थिए । यो मुद्दा अदालतमा विचाराधीन  छ। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो । तर, हिरासतमुक्त भएपछि पनि उनको शैली उही नै देखिएको छ ।

तर, एक व्यक्तिलाई एकै पटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनुपर्ने जानकारहरू बताउँछन् ।

कानुनका जानकारहरु भन्छन्, ‘उनीविरुद्ध मानहानि, साइबर, हस्ताक्षर किर्ते मुद्दा लागेन र सरकारी सार्वजनिक दस्तावेज कीर्तेमा मात्रै मुद्दा चल्यो भने पनि कम्तीमा ५ देखि ७ बढी वर्ष जेल सजाय हुनसक्ने देखिन्छ ।’

प्रधानमन्त्री ओलीको शेयरको कागज भन्दै उनले केही कागजात सार्वजनिक गरेका छन् । अरू मुद्दामा पनि अनुसन्धान भएर थपिएमा थप जेल सजाय र जरिवाना हुने छ ।

‘भाइरल म्यान’ प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका हुन् ।

दुर्गा प्रसाईंले भनेका थिए – प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब रुपैयाँभन्दा बढी)  लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको भन्दै उनलाई पक्राउ गरिएको छ ।

गुगलबाट कागजात डाउनलोड गरेर एडिट गरिएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ ।

दुर्गा प्रसाईंलाई पुर्‍याइयो सीआईबी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register